स्वास्थ्य

किन पर्छ कपालमा चाया? जान्नुहोस् जोगिने उपाय

किन पर्छ कपालमा चाया? जान्नुहोस् जोगिने उपाय

काठमाडौं । जाडो र गर्मी दुबै मौसममा कपालमा चाया पर्ने समस्या हुन्छ। टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो बेला टाउकोमा सेता, मसिना फुस्रा दाग देखिन्छन्, जसलाई हामी चाया भन्छौँ । सरसफाइमा ध्यान नदिने मानिसमा चाया पर्ने सम्भावना वढी हुन्छ। कपाल कम नुहाउने बानीले पनि चाया पर्न सक्छ।

 

शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोग जस्ता कारणले पनि चाया पर्छ। तनाव, थकान, चिन्ता र एलर्जीको कारण पनि चाया पर्छ । चाया पर्न नदिन सरसफाई र सन्तुलित भोजनमा ध्यान दिनुपर्छ। भिटामिनयुक्त खाना खाने, नियमित रुपमा कपाल नुहाउने, स्याम्पु र तेलको प्रयोग गर्दा पनि ध्यान दिन सके चाया पर्ने सम्भावना रहँदैन। यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कपाल चाया

विशेष