कभर स्टोरी भिडियो इतिहास र अनुभूति

गणतन्त्र मुख्य लाभ राजावादी कमल थापालाई भाग ९ (भिडियोसहित)

गणतन्त्र मुख्य लाभ राजावादी कमल थापालाई भाग ९  (भिडियोसहित)

नेपालआजले शुरू गरेको इतिहस सम्बन्धी शृंखलाको पहिलो चरणमा इतिहास विषयका प्रा. डा.सुरेन्द्र केसी हुनुहुन्छ । केसीसँग नेपालआजले इतिहासका पाटाहरू केलाउने क्रममा नवौं भागसम्म आइसकेको छ । यो भागमा डा.केसीले इतिहासका पात्रहरूबारे चिरफार गर्नुभएको छ । प्रस्तोता हरिराम रिमालसँग डा.केसीले यो भागमा नेपालको ऐतिहासिक चर्चा निम्नानुसार गर्नुभएको छ : 

 


‘बेबी किङलाई स्वीकार गरेको भए राजतन्त्र रहन्थ्यो भन्ने कुरा इतिहास सम्मत छैन । जब कसैले आफ्नो शक्ति सम्पूर्णरुपमा परित्याग गरिसक्छ भने फेरि उसले यो वा त्यो बहानामा कसरी शक्ति प्राप्त गर्छ होला त ?  यदि ज्ञानेन्द्रले भनेको कुरा सही हो भने त्यो कहाँ छ ? नेपालका नेताहरुले भनेको कुराहरु विश्वास गरिहाल्न सकिदैन किनभने राधाकृष्ण मैनालीले भारतबाट सेना ल्याएर भए पनि राजा फ्याल्नुपर्छ भनेर माधवकुमार नेपालले भने भनेर आफ्नो आत्मवृतान्तमा उल्लेख गरेका छन् । सिपी मैनालीले एक कार्यक्रममा राधाकृष्ण मैनालीले भनेको कुरा सत्य होइन भनेर भने । यस्तो कुरामा नेताको कुरा पत्याइँदैन । 

 

६२/ ६३ आन्दोलनको सबभन्दा बढी लाभ कमल थापालाई भयो । यसबाहेक माओवादीलाई शान्तिपूर्ण सम्भौतामा आउन सहयोग भयो । तर गिरिजाप्रसाद कोइरालाहरुले भने त्यति बदला लिन सकेनन् । 

 

०७० सालको चुनावमा प्रचण्डको नराम्रो हार भयो । सिराहामा उनी विजय भएर आए,  त्यो पनि प्रायोजित रुपमा उनलाई जिताएर ल्याइयो । ग्राण्ड डिजाइन केलाई मान्ने ? स्वयं उनलाई पनि जिताएर ल्याइयो । त्यसकारणले महत्वपूर्ण कुरा के हो भने, पहिलो संविधान सभालाई तुहाउने जुन दृष्टिदोष प्रचण्डहरुले बोके त्यसको आत्मघाती दोष उनीहरुले बेहार्नुपरेको हो ।  

 

७२ को संविधान जारी हुँदाको परिस्थितिमा तेस्रो शक्ति भन्दा फरक खालको इच्छामा संविधान जारी भयो, त्यो शक्तिले त्यति खेल्न सकेन र नाकाबन्दीहरु यसकै परिणाम पनि हुन् । आन्तरिक रुपमा तीन दलको गठबन्धन भयो । त्यो गल्ती थियो । किनभने नाकाबन्दी यति घातक भयो कि त्यो रिकोभर गर्न पनि हामीलाई सय वर्ष लाग्छ । 

 

एक वर्षमा सरकारबाट धेरै अपेक्षा राखेको होइन । उनीहरुले नै पाँच छवटा बुँदाद्वारा हाम्रो मनोविज्ञानलाई उत्तेजित बनाइदिए । सिन्डिकेट कुरा, ३३ किलो सुन, एनजिओको कुरा, ५ हजार भत्ताका कुरा आदि । हामी त सरकाका अघि बच्चा हौं र सरकार अभिभावक । आफूले भोट दिएको सरकारले अपेक्षा पूरा नगर्दा बोल्न नपाउने ?’ 
र याे पनि

वंशावलीलाई आधार मानिएका कुरा सत्य नहुन पनि सक्छन् (भिडियोसहित) भाग १

इतिहासलाई जे हो त्यही अवस्थामा बुझ्नु पर्छ (भिडियोसहित) भाग २

समाज ‘ग्रुप सेक्स’बाट ‘इन्डिभिज्वल सेक्स’मा रुपान्तरण भएको देखिन्छ (भिडियोसहित) भाग ३

रणबहादुर शाह: निकम्मा अनि महिला भेला गरेर राज्यको सम्पत्ति उडाउने मात्रै (भिडियोसहित) भाग ४

नेपालको दरबार काटमारको केन्द्र थियो (भिडियोसहित) भाग ५

युरोप जाने पहिलो नेपाली जंगबहादुर होइनन् (भिडियोसहित) भाग ६

व्यक्तिगत वैरभाव हुनेलाई झापा विद्रोहका नाममा हत्या गरियो (भिडियोसहित) भाग ७

बाबुराम र प्रचण्ड भारतीय सेनाको हेलिकोप्टरमा आएपछि गिरिजा छक्क, भाग ८ (भिडियोसहित)

">

डा.सुरेन्द्र केसी

विशेष