खेल

शान्तिका लागि सुदूरपश्चिममा जलयात्रा तथा र्‍याफ्टिङ

शान्तिका लागि सुदूरपश्चिममा जलयात्रा तथा र्‍याफ्टिङ

धनगढी। समृद्धिका लागि शान्ति भन्ने नाराका साथ डोटीदेखि कैलालीसम्म जलयात्रा तथा र्‍याफ्टिङ आयोजना हुने भएको छ ।

 

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी डोटीको वानेडुण्ग्रीसैन देखी कैलालीको खक्रौला नाका सम्म जलयात्रा गर्न लागिएको हो । उक्त जलयात्राको आयोजक विवेकशील साझा पार्टी सुदूरपश्चिम प्रदेश कमिटी रहेको छ । कार्यक्रमका संयोजक बिनोद मल्लले आज धनगढीमा पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन् ।

 

जलयात्रामा गोदावरी नगरपालिकाबाट संयोजक मल्ल संगै बिबेकशिल साझा पार्टीका शुखदेब सिं, रमेश बोगटी र गौरीगंगा नगरपालिकाका तारा सिंहको सहभागीता रहने छ । त्यस्तै जलयात्रामा ३ जना गाईडले पनि सहभागिता जनाउनेछन्।

विशेष