खेल

आइपीएलः सन्दीपलाई मौका नदिएको खेलमा दिल्ली पराजित

आइपीएलः सन्दीपलाई मौका नदिएको खेलमा दिल्ली पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत चेन्नई सुपर किंग्स विरुद्धको खेलमा  दिल्ली क्यापिटल्स ६ विकेटले पराजित भएको छ । मंगलबार राति भएको खेलमा दिल्लीले दिएको १४८ रनको लक्ष्य चेन्नईले १९.४ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो ।

 

उसका लागि शेन वाट्सनले ४४, सुरेश रैनाले ३०, केदार जाधवले २७ रन बनाए । यस्तै, कप्तान महेन्द्रसिंह धोनी ३२ र डीजे ब्राबो ४ रनमा नटआउट रहे । बलिङमा दिल्लीका अमित मिश्राले २, इशान्त शर्मा र कागिसो रबाडाले एक-एक विकेट लिए । यसअघि, टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनायो ।

 

उसका लागि शिखर धवनले सर्बाधिक ५१ ऋषभ पन्तले २५, पृथ्वी शाँले २४, कप्तान श्रेयस अय्यरले १८, कोलिन इन्ग्रामले २ रन बनाए । बलिङमा चेन्नईका डीजे ब्राबोले ३, दीपक चहर, इमरान ताहिर र रविन्द जडेजाले एक–एक विकेट लिए ।  
 

चेन्नई विरुद्धको खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले स्थान पाउन असफल भए। मंगलबारको यो खेलमा दिल्लीले ३ जना मात्र विदेशी खेलाडी मैदानमा उत्रारेको थियो । उसले चेन्नई विरुद्धको खेलमा ट्रेन्ट बोल्टको स्थानमा अमित मिश्रालाई मौका दियो । यता धोनीको चेन्नईमा भने अघिल्लो खेलमा स्थान पाएका सबै थिए । 

इन्डियन प्रिमियर लिग चेन्नई सुपर किंग्स भर्सेस दिल्ली

विशेष