इन्डियन प्रिमियर लिगः कोलकाताको लगातार दोस्रो जीत
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा किंग्स इलेभेन पञ्जावविरुद्ध कोलकाता नाइट राइडर्स २८ रनले विजयी भएको छ । कोलकाताको यो लगातार दोस्रो जीत हो । कोलकातामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा ४ विकेट गुमाएर २१९ रनको लक्ष्य दिएको थियो । यो लक्ष्य आईपीएलको यो सिजनकै सबैभन्दा ठूलो स्कोर हो ।
३६ रनमा दुई विकेट गुमाएको कोलकाताका लागि नितिस राणा र रविन उथपाले पहिलो विकेटका लागि ११० रनको उत्कृष्ट साझेदारी गरे । ब्यक्तिगत तर्फ राणाले ३४ बलमा ६३ रन बनाए । उनले दुई चौका र सात छक्का प्रहार गरेका थिए । उथपाले अविजित ६७ रन बनाए । उनले ६ चौका र दुई छक्का प्रहार गरेका थिए ।
बुधबारको खेलमा कोलकाताले १७ छक्का प्रहार गरेको थियो । आन्द्रे रसेलले पनि १७ बलमा ४८ रन बनाउँदा तीन चौका र पाँच छक्का प्रहार गरे । सुनिल नारायणले ९ बलमा २४ रन बनाएए । बलिङमा पन्जावका हारडुस विलजोयन, बरुण चक्रबर्ति, एन्ड्रु टाय र मोहम्मद सामीले एक–एक विकेट लिए ।
२१९ रनको लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर केएल राहुलले १, क्रिस गेलले २० डेविड मिलरले नटआउट सर्वाधिक ५९, मयांक अग्रवालले ५८, र मन्दिप सिंहले अविजित ३३ रन बनाए । बलिङमा कोलकाताका आन्द्रे रसेलले २, लकी फग्र्यसन र पियूस चवालाले एक-एक विकेट लिए ।
इन्डियन प्रिमियर लिग कोलकाता भर्सेस पन्जाव