भिडियो अर्थ कभर स्टोरी

नेपालमा लगानी गर्न पश्चिमा राष्ट्रहरु ढुक्क हुन सकेनन्, सरकारले नै वातावरण बिगार्यो(भिडियाे सहित)

नेपालमा लगानी गर्न पश्चिमा राष्ट्रहरु ढुक्क हुन सकेनन्, सरकारले नै वातावरण बिगार्यो(भिडियाे सहित)

लगानी सम्मेलन चलिरहेको छ । बिभिन्न ४० भन्दा बढी देशका ६ सय भन्दा बढी प्रतिनिधि सहभागी छन् । तर, सबैको एउटै प्रश्न छ, अमेरिका र युरोपियन युनियनका राष्ट्रबाट उत्साहजनक सहभागिता किन भएन ? 

 


राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेल भन्छन्, ‘ पहिले त यो सरकार नै कम्युनिष्टको भयो, कम्युनिष्टलाई सितिमिति कसैले बिश्वास गर्दैन ।  दोस्रो, लगानीका लागि उपयुक्त वातावरण छ भनेर सरकारले सन्देश प्रवाह गर्न सकेन । उल्टो नेत्रबिक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर हिंसात्मक गतिविधिलाई बढावा दियो । ’

 


चीन र भारतबाट बिगतका सम्मेलनमा पनि बढी सहभागी आएको र अहिले पनि त्यसले निरन्तरता पाउनु स्वभाविक भएको उहाँको भनाइ छ । सहभागी हुनु र लगानी प्रतिबद्धता गर्नु ठूलो कुरा नभएको भन्दै पोखरेलले भने, ‘ कार्यान्वयन ठूलो कुरा हो । बिगतमा कबुल गरिएका लगानीको ‘फलोअप’ त हुन सकेको छैन, चासो पनि दिइएको छैन । सम्मेलन गरेर मात्र हुँदैन, तदारुकता पनि देखाउनुपर्छ । ’

 


लगानी सम्मेलनको बाहनामा सरकारले केही सकारात्मक काम गरेकोमा भने पोखरेल खुशी छन्  । ‘लगानी बोर्डलाई व्यवस्थित बनाउनु, कानुन निर्माण र संशोधन, लगानीका लागि उत्साह देखाउनु लगायतका काम सरकारका प्रशंसनिय छन् । ’ पोखरेल भन्छन् । 

">


बैदेशिक लगानीले स्वदेशी लगानीलाई चाहिं बिस्थापित गर्न सक्छ । ‘सर्भाइभल अफ द फिटेष्ट’ यहाँ पनि लागु हुने भन्दै स्वदेशी लगानीकर्ताले पनि मेहनत गर्नुपर्छ । कतिपय आयोजनामा संयुक्तरुपमा स्वदेशी र बिदेशी लगानी पनि हुनुपर्छ । 

 


नेपालमा बैदेशिक लगानी थाम्न नसकिने गरी आउने र स्वदेशी लगानी समाप्त नै हुन्छ भन्नेमा भने चिन्ता लिन जरुरी छैन । त्यसरी लगानी आउने सम्भावना छैन । उनीहरु नाफा कमाउने उद्देश्यले मात्र आउने भएकाले त्यसलाई स्वदेशमा रोजगार सृजना, सीप, उत्पादन लगायतका कुरामा प्रयोग गर्न सक्नुपर्ने पोखरेल बताउँछन् । 

 


सरकारले बैदेशिक लगानीका लागि ७० वटा आयोजना छनोट गरेको भएपनि उनीहरुलाई पर्यटन, जलबिद्यूत र सडकमा बढी केन्द्रीत गराउनुपर्ने हुन्छ । बढी लगानी लाग्ने ठाउँमा बिदेशीहरुलाई प्रोत्साहित गर्नुपर्ने पोखरेलको सुझाव छ । कृषीमा उत्पादनमा नभएपनि ‘प्रोसेसिङ र मार्केटिङ’ मा उनीहरुको प्रयोग गर्न सकिन्छ । 

 


बैदेशिक लगानीका लागि बीप्पा सम्झौता जरुरी भएपनि यो सम्झौता भएका राष्ट्रहरु कसैलेपनि नेपालमा उत्साहजनकरुपमा लगानी गरेका छैनन् । 
‘नाफा हुने सुनिश्चितता नभएसम्म जे सम्झौता भएपनि कसैले पनि लगानी गर्दैन, त्यसका लागि उपयुक्त वातावरण निर्माण गर्नू सरकारको दायित्व हो ।
">

पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेल लगानी

विशेष