मुख्य समाचार

अमेरिकाबाट प्रचण्ड आज दिउँसो काठमाडौं पुग्दै

अमेरिकाबाट प्रचण्ड आज दिउँसो काठमाडौं पुग्दै

काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश पुग्ने भएका छन् । बुधबार बिहान न्यूयोर्कबाट प्रस्थान गरेका प्रचण्ड दिउँसो ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ। पत्नी सीताको उपचारका लागि प्रचण्ड १० दिनअघि अमेरिका गएका थिए। अमेरिकामा उपचारपछि आमाको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छोरी गंगा दाहालले बताएकी छन् । अमेरिका रहँदा प्रचण्डले त्यहाँको मेरिल्याण्ड राज्यको प्रदेश संसदको अवलोकन गरेका थिए ।

 

मेरिल्याण्डको संसद भवन निरिक्षणका क्रममा प्रचण्डसँग अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, नेपाली मुलका सांसद ह्यारि भण्डारी, पत्नी सीता दाहाल र छोरी गंगा दाहालसमेत रहेका थिए । अध्यक्ष प्रचण्डले नेपाली समुदायको सरोकारका विषयका साथै संसदका् प्रक्रियाका बारेमा सांसद भण्डारीसँग जिज्ञासा राखेका थिए ।

 

प्रचण्ड सचिवालय प्रमुख गङ्गा दाहालका अनुसार भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा चर्चा गर्दै नेपाल दीर्घकालिन शान्तिसँगै समृद्धि र विकासको स्थायी यात्रातर्फ अघि बढेको बताएका थिए ।  यस्तै, अघिल्लो हप्ताको सोमबार प्रचण्डले दक्षिण तथा मध्य एशिया हेर्ने एलिस जी वेल्ससँग पनि भेट गरेका थिए । भेटका क्रममा नेपालको शान्ति प्रक्रियाको उच्च प्रशंसा गर्दै एलिसले नेपालको विकास र स्थायि शान्तिका लागि अमेरिकाले सहयोग गर्दै आएको र भविष्यमा थप सुमुधुर सम्बन्ध विकास गर्न खोजेको बताएका थिए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल कम्युनिस्ट पार्टी

विशेष