बाबुराम आखिर कहाँ गए ? खोजीमा तीन सयजना
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–४ बेतालीका युवा बाबुराम वस्नेत फागनु २६ गतेबाट वेपत्ता भएका छन् । उक्त दिन राति ११ बजेबाट सम्पर्कविहीन भएका बस्नेतको खोजी जारी रहेपनि अझै अत्तोपत्तो छैन ।
गाउँमै ट्राउट माछापालन व्यवसाय गर्दै आएका बस्नेत हराएपछि गाउँ आसपासको क्षेत्रमा स्थानीयवासी र प्रहरीले खोजी गरिसकेको छ । तर पत्ता लाग्न सकेको छैन् । परिवारले आफन्तहरुसँग सम्पर्क गर्दा पनि वस्नेतको अवस्थामा कुनै पत्तो नलागेको नेकपाका जिल्ला नेता प्रेम कुमार कार्कीले बताए । परिवारले वस्नेत हराएपछि खोजी गरिदिनको लागि प्रहरीलाई जाहेरी दिएका थिए । खबर प्राप्त गरे लगत्तै प्रहरीले पनि निरन्तर वस्नेतको खोजीलाई तीब्रता दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी सन्तोष भट्टराईले वेपत्ता भएका वस्नेतको खोजी कार्य जारी रहेको बताए । उनले रामेछाप भने,‘बस्नेत हराएको खबर प्राप्त गरे लगत्तै हामीले टोली परिचालन गरेर खोजी गरिरहेको छांै, किर्णेटारसम्म फोनको लोकेसन देखिन्छ, त्यसपछि उनको मोबाइल अफ हुँदा पत्ता लगाउन कठिनाई भएको छ ।’
वेपत्ता भएको बस्नेतको खोजीको लागि स्थानीयवासी र प्रहरी गरेर करिब तीन सय भन्दा बढी परिचालन गरेर खोज्ने काम भइरहेको उनले जानकारी दिए ।