तेस्रो बिआइए व्हीलचेयर म्याराथुन सम्पन्न
काठमाडौं । ‘तेस्रो बिआइए व्हीलचेअर म्याराथुन –२०१९’ शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।
वोधिसन्व कार्यक्रम फाउन्डेसनको आयोजनामा भएको म्याराथुनमा २ सय जना अपांगता भएकाहरुको सहभागीता थियो । म्याराथुनमा पुरुषतर्फ प्रेमबहादुर विक, रमेश खत्री र विष्णुपुकार श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।
महिलाहरुतर्फ यामी झाक्री मगर, रजनी राई, सरमिला ठोकर क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।