खेल

आइपीएलः काम लागेन सञ्जुको शतक, हैदराबाद ५ विकेटले विजयी

आइपीएलः काम लागेन सञ्जुको शतक, हैदराबाद ५ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराउँदै पहिलो जीत निकालेको छ । घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशाला हैदराबादमा भएको खेलमा हैदराबादले राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै पहिलो जीत निकालेकाे हाे । १ सय ९९ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि डेभिड वार्नर र जेनी बेरिस्टोले पहिलो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरे । वार्नरले ३७ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६९ रन बनाउँदा २८ बल खेलेका बेरिस्टोले ६ चौका र १ छक्काको साथमा ४५ रन प्रहार गरे ।

 

विजय शंकर १५ बलमा १ चौका र ३ छक्कासहित ३५, कप्तान केन विलियम्सले १४ रन बनाए । युसुफ पठानले १६ र रशिद खानले १५ अविजित रन बनाएपछि हैदराबादले एक ओभरअघि नै खेल जितेको हो । रशिदले छक्का प्रहार गरी खेल जिताएका हुन् । बलिङतर्फ राजस्थानका श्रेयश गोपालले ३, बेन स्टोक्स र जयदेव उनदकटले एकएक विकेट लिए ।  यसअघि, टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रन बनायो । 

 

उसका लागि सन्जु स्यामसुनले ५५ बलमा शतकीय पारी खेले । त्यसक्रममा उनले ४ छक्का र १० चौकाका साथ १०२ रनमा नट आउट रहे । यस्तै कप्तान अजिंक्य रहाणेले ४९ बलमा ७०, बेन स्टोक्सले नट आउट १६ र जोस बटलरले ५ रन बनाए । बलिङमा रशिद खान र शाहवाज नदिमले एक–एक विकेट लिए । राजस्थानका लागि यो लगातार दोस्रो हार हो । यसअघि राजस्थानले किंग्स इलाभेन पञ्जाबसँग पराजय ब्यहोरेको थियो । हैदराबाद भने पहिलो खेलमा कोलकातासँग पराजित भएको थियो । 

इन्डियन प्रिमियर लिग सनराइजर्स हैदराबाद भर्सेस राजस्थान रोयल्स

विशेष