खेल

पाकिस्तानका अलि र रिजवानको शतक छायामा, अष्ट्रेलिया ६ रनले विजयी

पाकिस्तानका अलि र रिजवानको शतक छायामा, अष्ट्रेलिया ६ रनले विजयी

काठमाडौं । अष्ट्रेलिया विरुद्धको एकविदसीय सिरिजको चौथो खेलमा पाकिस्तान ६ रनले पराजित भएको छ । अष्ट्रेलियाले दिएको २७८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७१ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि २ ब्याट्सम्यानले शतक प्रहार गर्दा पनि टिमलाई जिताउन सकेनन् । उसका लागि अबिद अलिले ११९ बलमा ११२ र मोहम्मद रिजवानले १०२ बलमा १०४ रन बनाए । यस्तै, हरिस सोहेलले २५, उमर अकमल, शाद अलिले सातसात रन जोडे ।

 

बलिङमा अष्ट्रेलियाका नाथन कल्टर नाइले ३, र्माकस स्टोनिसले २, एडम जम्पा, नाथन लायन र जय रिचडसनले एक-एक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७७ रन बनायो । उसका लागि ग्लेन म्याक्सवेलले ८२ बलमा ९८ रन बनाए । उनी ९ चौका र ३ छक्काको मद्दतमा शतक नजिक पुगे । शतक बनाउनबाट २ रनले चुकेका म्याक्सवेल रनआउट भए । अघिल्लो खेलमा पनि उनी ७१ को स्कोर बनाउँदै रन आउट भएका थिए ।

 

यस्तै, उश्मान ख्वाजाले ७८ बलमा ६८, कप्तान आरोन फिन्चले ४२ बलमा ३९, एलेक्स केरीले ६७ बलमा ५५ रन बनाए । बलिङमा पाकिस्तानका इमाद वसिम, यासिर शाह र मोहम्मद हसनिनले दुई–दुई विकेट लिए । पाँच खेलको सिरिजमा अष्ट्रेलिया ४–० ले अग्रता बनाएको छ ।

 

एकविदसीय सिरिज अष्ट्रेलिया भर्सेस पाकिस्तान

विशेष