खेल

डेब्यू खेलमै अष्ट्रेलियाविरुद्ध अलिको शतक

डेब्यू खेलमै अष्ट्रेलियाविरुद्ध अलिको शतक

काठमाडौं । अष्ट्रेलिया विरुद्धको एकविदसीय सिरिजको चौथो खेलमा पाकिस्तानका अबिद अलिले डेब्यू खेलमै शतक प्रहार गरेका छन् । ओडीआईको पहिलो खेलमै उनले ११९ बलमा ११२ रन प्रहार गरे । त्यसक्रममा ३१ वर्षीय अलिले ९ चौका प्रहार गरे । यद्यपी, टिमलाई भने जीत दिलाउन सकेनन् । चौथो खेलमा अष्ट्रेलियासँग पाकिस्तान ६ रनले पराजित भयो । अष्ट्रेलियाले दिएको २७८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७१ रन मात्र बनाउन सक्यो ।

 

पाकिस्तानका लागि २ ब्याट्सम्यानले शतक प्रहार गर्दा पनि टिमलाई जिताउन सकेनन् । उसका लागि अबिद अलिले ११९ बलमा ११२ र मोहम्मद रिजवानले १०२ बलमा १०४ रन बनाए । यस्तै, हरिस सोहेलले २५, उमर अकमल, शाद अलिले सात–सात रन जोडे ।

 

बलिङमा अष्ट्रेलियाका नाथन कल्टर नाइले ३, मार्कस स्टोनिसले २, एडम जम्पा, नाथन लायन र जय रिचडसनले एक–एक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७७ रन बनायो । उसका लागि ग्लेन म्याक्सवेलले ८२ बलमा ९८ रन बनाए । उनी ९ चौका र ३ छक्काको मद्दतमा शतक नजिक पुगे । शतक बनाउनबाट २ रनले चुकेका म्याक्सवेल रनआउट भए । अघिल्लो खेलमा पनि उनी ७१ को स्कोर बनाउँदै रन आउट भएका थिए ।

 

यस्तै, उश्मान ख्वाजाले ७८ बलमा ६८, कप्तान आरोन फिन्चले ४२ बलमा ३९, एलेक्स केरीले ६७ बलमा ५५ रन बनाए । बलिङमा पाकिस्तानका इमाद वसिम, यासिर शाह र मोहम्मद हसनिनले दुई–दुई विकेट लिए । पाँच खेलको सिरिजमा अष्ट्रेलिया ४–० ले अग्रता बनाएको छ ।

एकविदसीय सिरिज अष्ट्रेलिया भर्सेस पाकिस्तान अबिद अलि डेब्यू खेल

विशेष