खेल

आइपीएलः सन्दीप आवद्ध दिल्लीको खेल आज, यस्तो छ सम्भावित टिम

आइपीएलः सन्दीप आवद्ध दिल्लीको खेल आज, यस्तो छ सम्भावित टिम

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले आज तेस्रो खेलमा कोलकाता नाइट राइडर्सको सामाना गर्दैछ । यी दुई टिमबीचको खेल फिरोज शाह कोटला रंगशाला दिल्लीमा साँझ ८ः१५ बजेदेखि शुरु हुँदैछ । २ खेलमा शानदार जीत निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको कोलकातालाई हराउन दिल्ली पूर्ण तयारीका साथ घरेलु मैदानमा उत्रिने छ ।

 

हैदराबाद र पन्जाबमाथिको शानदार विजयीले यो पटक कोलकाता आत्मविश्वासले भरिएको छ । उसले हैदाराबादलाई ६ विकेट र पन्जाबलाई २८ रनले पराजित गरेको थियो । यी दुबै खेलका नायक थिए वेस्ट इन्डिजका आन्द्रे रसेल । यता, दिल्लीले भने पहिलो खेलमा मुम्बई इन्डियन्ससँग जित निकाल्न सके पनि दोस्रो खेलमा महेन्द्रसिंह धोनीको चेन्नईसँग हारे बेहोरेको थियो । दोस्रो खेलमा पराजित भएको दिल्लीमा आज केही परिर्वतन देख्न पाइने छ । कोलकाताले भने विजयी टोलीलाई नै दोहोर्याउन सक्छ । यी दुई टिमबीचको खेलमा को–कोले पाउन सक्छन् मौका? यस्तो छ सम्भावित टिम–

 

दिल्ली क्यापिटल्स समभावित टिमः श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त (विकेटकीपर), शिखर धवन, पृथ्वी शा, राहुल देवटीया, इशान्त शर्मा, अमित मिश्रा, सन्दीप लामिछाने, ट्रेन्ट  बोल्ट, कोलिन मुनरो र क्रिस मोरिस  


कोलकाता सम्भावित टिमः दिनेश कार्तिक (कप्तान÷किपर), क्रिस लिन, सुनिल नारायण, रविन उथप्पा, नितीश राणा, शुभमान गिल, आन्द्रे रसेल, पियूष चवाला, कुलदीप यादव, लोकी फग्र्यूसन र प्रशिद्ध कृष्णा  

 

 

इन्डियन प्रिमियर लिग सन्दीप लामिछाने दिल्ली क्यापिटल्स भर्सेस कोलकाता

विशेष