मनोरञ्जन

जयललिताको जीवनी फिल्ममा 

जयललिताको जीवनी फिल्ममा 

एजेन्सी । कलाकारबाट राजनीतिक यात्रा तय गरेकी भारतीय नेतृ जयललिताको जीवनीमा फिल्म बन्ने भएको छ । हिन्दी र तमिल गरी दुई भाषामा बन्ने फिल्ममा जयललिताको भूमिकामा नायिका कंगना रनौतलाई देख्न पाइने छ ।

 

हिन्दी भाषामा फिल्मको नाम ‘जया’ हुनेछ भने तमिलमा– थलाइवी । तमिल भाषामा थलाइवी भनेको क्रान्तिकारी हो । दक्षिण भारतमा ‘बाहुबली’ उपनाम पाएकी ललिता तमिलनाडुकी मुख्यमन्त्री थिइन् ।

 

निर्वाचित पहिलो महिला मुख्यमन्त्री मात्र हैन, कम उमेरमा त्यो पद सम्हाल्ने इतिहासकी रचयीतासमेत बन्न जयललिता सफल भइन् । क्षेत्रीय राजनीति गरे पनि दिल्लीको केन्द्रीय राजनीतिमा उनको ठूलो प्रभाव र पहुँच थियो । समर्थक राजनीतिक कार्यकर्ताहरू उनलाई ‘आमा’ भनेर सम्मान गर्थे । 

 

१५ वर्षको उमेरमा कन्नड फिल्ममा काम गर्न थालेकी जय ललिताले हिन्दी, तलुगु र तमिल भाषामा दर्जनौं फिल्म खेलेकी छन् । सन् २०१६ मा हृदयाघातबाट उनको निधन भएको थियो । 
 

जयललिता कंगना रनौत

विशेष