मुख्य समाचार

पूजापाठ गरेर चलाउन थालिएका ब्रुमर चार दिनमै बिग्रे 

पूजापाठ गरेर चलाउन थालिएका ब्रुमर चार दिनमै बिग्रे 

काठमाडौं । इटालीबाट ल्याइएका पाँचवटा ब्रुमरहरु चार दिन हुन नपाई बिग्रिन थालेका छन् । 

 

गएको मंगलबारदेखि ती ब्रुमरहरुलाई फूलमाला लगाइदिएर धुलो उठाउन थालिएको थियो । ब्रुमर ल्याएर काठमाडौंलाई धुलोमुक्त बनाउने मेयर विद्यासुन्दर शाक्यको सपना पनि चकनाचुर हुने हो कि भन्ने शंका उत्पन्न भएको छ । ठूलो तामझामका साथ रिबन काटेर धुलो उठाउन थालिएको थियो । 

 

चालकहरुलाई ब्रुमर चलाउने तालिम पनि दिइएको थियो । काठमाडौंका सडकबाट एकै रात एक हजार किलो धुलो संकलन भएका खबरहरु पनि बाहिरिए । तर सञ्चालनको चार दिनमै ब्रुमरमा समस्या आउन थालेको छ । केही ब्रुमर त चल्दै नचल्ने भएपछि क्रेनले तानेर पनि लैजानु पर्ने अवस्था छ । 

 

काठमाडौं महानगरका अनुसार महानगरका लागि यो नयाँ प्रविधि भएका कारण त्रुटिहरु देखिएको छ । महानगरका प्रवक्ता इश्वरमान डंगोल भन्छन्, ‘बु्रमर नयाँ, चालक नयाँ भएका कारण समस्या आएको छ । ब्रुमर बिग्रकै त होइन प्राबिधिक त्रुटि मात्रै आएको हो ।’

 

ब्रुमर सञ्चालनका लागि महानगरले चालकहरुलाई तालिम पनि दिएको थियो । पटक पटकको टेण्डर असफल भएपछि महानगरले ब्रुमर बल्लतल्ल खरिद गरेको थियो । 
 

विशेष