सान्तवना जीतको खोजीमा पाकिस्तान, अष्ट्रेलियाको लक्ष्य क्लिनस्वीप
काठमाडौं। अष्ट्रेलिया र पाकिस्तानबीचको पाँचौ तथा अन्तिम एकदिवसीयमा टस जितेर पहिला पाकिस्तानले बलिङ गर्ने भएको छ ।
संयुक्त अरब इमिरेट्सको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा श्रृङ्खलाको अन्तिम खेलमा पाकिस्तान सान्तवना जीतको खोजीमा मैदान उत्रिनेछ भने अष्ट्रेलया क्लिनस्वीप गर्ने दाउमा हुनेछ । अष्ट्रेलियाको कप्तानी आरोन फिन्चले गर्दैछन् भने पाकिस्तान इमाद वसिमको कप्तानीमा मैदान उत्रिदैछ ।
दुवै टोलीले एक जना खेलाडी मात्र परिवर्तन गरेको छ । अघिल्लो खेलमा खेलेका पकिस्तानी बलर मोहम्मद हस्नैनको स्थानमा मोहम्मद अब्बास खेल्दैछन भने अष्ट्रेलियाका लागि बलर नाथन कुल्टर नाइललाई जेसन बेन्ड्रोफले विस्थापित गरेका छन् ।