समाज

भक्तपुरको एउटा तस्वीर बन्यो एसियाकै उत्कृष्ट

भक्तपुरको एउटा तस्वीर बन्यो एसियाकै उत्कृष्ट

काठमाडौं। भक्तपुरकी बिनिता कार्कीले खिचेकी तस्वीर "द प्रोटेक्टेड ट्री" ले "एशियन ट्रि अफ द इयर–२०१९" उपाधि जितेको छ ।

तीब्र शहरीकरणका बीच पनि प्रकृतिको उच्चतम माहनता दर्शाएको हुनाले उक्त तस्वीरलाई नेपालसहित मलेसिया, सिंगापुर, भारत, श्रीलंका, फिलिपिन्स र ब्रुनेईबाट प्राप्त तस्वीरमध्ये उत्कृष्ट घोषित गरी उपाधि प्रदान गरिएको हो । क्रिएशन नेपालद्वारा आयोजित "ट्रि अफ द इयर नेपाल–२०१९" मा दोस्रो भएको उक्त तस्बिर ‘एशियन ट्रि अफ द इयर–२०१९’ का लागि प्रतिस्पर्धामा पठाइएको थियो ।

आफुले खिचेको तस्वीर पुरस्कृत भएपछि कार्कीले भनिन्, ‘तीव्र सहरीकरणका बेला रुखले वर्तमान वातावरणीय अवस्थालाई देखाएको छ । आशा छ प्रतिस्पर्धाले आगामी दिनमा जैविक विविधता जोगाउन मानिसमा प्ररेणा मिल्नेछ।’

विशेष