भरतमोहनका अन्तिम शब्द, मर्नेबेलामा पनि गरे देशकै चिन्ता (भिडियोसहित)
छोरीहरु राजनीतिमा आउन सक्ने

पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी अब इतिहास भैसके । पशुपति आर्यघाटमा उनको भौतिक शरीर जलेसंगै उनको अब इतिहास मात्र बाँकी छ । जसरी बाँचुञ्जेल अधिकारीले मुलुक र देशको बारेमा चिन्ता गरिरहे जीवनको अन्तिम घडीमा समेत उनले देशको चिन्ता गर्दै सन्देश छोडेको खुलासा भएको छ ।
आइतबार पशुपति आर्यघाटमा अधिकारीको अन्तिम संस्कार भैरहँदा नेपाल आजको टोली पनि त्यहाँ पुगेको थियो । नेता अधिकारीको लाश जलिरहँदा वरिपरी उनको परिवारका सदस्यबाहेक अरु कोही थिएन ।
राजकीय सम्मान भनेपनि अधिकारीको शव जलिरहँदा राजकीय सम्मानको वातावरण अन्तिमसम्म कायम रहन सकेन । तीन छोरी, उनका सम्धी र केही नातागोताका मान्छे बाहेक त्यहाँ अरु कोही थिएन ।
त्यही बिचमा हामीले नेता अधिकारीका सम्धी कृष्ण आचार्यसंग कुराकानी गर्यौं । शव जल्दै गर्दा एउटा कुनामा बसेर दुःख मनाइरहेका आचार्यले नेता अधिकारीले जीवनको अन्तिम घडीमा भनेका कुरा हामीसंग साटासाट गरे ।
आचार्यका अनुसार भ्यान्टिलेटरमा राख्नुपूर्व अधिकारीले उनलाई बोलाएर भने, ‘ म नफर्कन पनि सक्छु । जनताले अपार मत दिएर वर्तमान सरकार र पार्टीलाई अपूर्व अवसर दिएकाछन् । तपाईंको प्राय सबै नेतासित सम्पर्क छ, यो अवसर आपसि विवादमा नलागि समृद्ध नेपाल बनाउन एकबद्ध हुनुहोस, अन्यथा ठूलो पछुताउमा पर्ने छौं । ’ भन्ने मेरो सन्देश पुर्याईदिनुहोला ।
छोरीहरु राजनीतिमा आउन सक्ने
नेता अधिकारीका तीनवटा छोरी छन् । उनीहरुको नाम लुना बस्नेत, लीमा आचार्य र लीजा ढोडी हो । आफना पीताको लाश जल्दै गर्दा छेउमै भावविह्वल अवस्थामा रहेका उनीहरु निकै उदास थिए ।
अधिकारीका सम्धी आचार्यले आफना पीताको राजनीतिक बिरासत कायम राख्न छोरीहरु राजनीतिमा आउनसक्ने संकेत पनि गरे । उनले भने, ‘ उनीहरुको सोच कस्तो छ, म भन्न सक्दिन, तर राजनीतिमा आउने सम्भावना सदैव कायमै रहन्छ । ’
सरकारसंग गुनासो छैन
नेता आचार्यलाई राजकीय सम्मान दिएपनि त्यो औपचारिकतामा मात्र सिमित भएको भन्ने टिप्पणी आउन थालेपछि यसबारे हामीले परिवारको धारणा बुझेका थियौं ।
आचार्यले भने,‘ यो गुनासो गर्ने बेला होइन, हामीलाई सरकारसंग केही गुनासो छैन । सरकारले आफनो काम गरयो, हामी आफनो काम गर्दैछौं । ’