खेल

म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

म्यानचेष्टर सिटी ईङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा फुलहामलाई २–० ले पराजित गर्दै सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। ३१ खेल पछि सिटीको ७७ र लिभरपुलको ७६ अंक छ।  

 

सिटीको जितमा बर्नार्डो सिल्भाले ५ औं र सर्जिओ अग्युरोले २७ औं मिनेटमा गोल गरेका थिए। शनिबार राति नै भएका अन्य खेलनमा  म्यानचेष्टर युनाईटेडले वाटफोर्डलाई २–१ ले हरायो।

 

त्यस्तै लेष्टर सिटीले बर्नमाउथलाई, क्रिष्टल प्यालेसले हडल्सफिल्डलाई, बर्नलीले वोल्भरहेप्टनलाई र एभरटनले वेष्टहामलाई समान २–० ले पराजित गर्दा ब्राईटन एण्ड होभ एल्वियन साउथ हेम्प्टनसँग १–० ले पराजित हुन पुग्यो।

इंग्लिस प्रिमियर लिग

विशेष