मनोरञ्जन

बिहे भएको ४ महिनामै प्रियंका र निकमा टकराव, सम्बन्धविच्छेदको निर्णय छिट्टै

बिहे भएको ४ महिनामै प्रियंका र निकमा टकराव, सम्बन्धविच्छेदको निर्णय छिट्टै

मुम्बई । अभिनेत्री प्रियंका चोपडा र निक जोन्सबीच विवाह गरेको चार महिना नबित्दै टकराव सुरु भएको खबर आएका छन् ।

 

बलिउड तथा हलिउडमा समेत आफ्नो स्थान बनाइसकेकी अभिनेत्री प्रियंका गत डिसेम्बरमा अमेरिकी पप गायक निकसँग बिहे गरेकी थिइन्। राजस्थानको जोधपुर शहरमा बिहे गरेका प्रियंका र निकको विवाहले लामो समयसम्म सञ्चार माध्यममा चर्चा पाइरहेको थियो ।

 

लगभग ११ वर्षको वर्ष जेठी प्रियंकासँग विवाह बन्धनमा बाँधिएका २५ वर्षीय निक विवाहका हरेक तस्बिरमा प्रियंकासँगसँगै हरेक पलमा भाइरल भइरहे । उनीहरुको विवाहपछि हरेक सयम सञ्चार माध्यमको नजरमा परिरहेका प्रियंका र निकको विवाह भएको ४ महिना नबित्दै टकराव सुरु भएको छ ।

 

एक भारतीय म्यागाजिनका अनुसार यी दुईको बीच आजभोलि मनमुटाव सुरु भएको छ र दुवैले छुट्टिने निर्णय लिने सोचमा रहेको बताइएको छ । भारतीय सञ्चार माध्यमले सूत्रको हवाल दिँदै बताएअनुसार उनीहरुको बीचमा हरेका केही विषयमा झगडा सुरु भएको छ । भारतीय सञ्चार माध्यममा उल्लेख भएअनुसार उनीहरुको झगडाको पछाडि हतारमा विवाह हुनु हो ।

 

सूत्रको भनाईलाई उद्धृत गर्दै पञ्जाव केशरीले लेखेको छ, निकले विवाहअघि प्रियंका समझदार युवती भएको महसुस गरे पनि विवाहपछि उनको व्यवहार ‘कन्ट्रोलिङ’ भएको आरोप लगाएका छन् ।

 

यद्यपि, प्रियंका निकट साथीभाइले यो समाचार हल्ला मात्रै भएको उल्लेख गरेका छन् । उनीहरु सुखी जीन्दगी विताइरहेको उनीहरुको दाबी छ । उनीहरु यतिबेला जोनस परिवारसँग मियामीमा छन् ।

 

कामको कुरा गर्ने हो भने प्रियंका छिट्टै बलिउड फिल्ममा देखिने छिन्। दर्शकले उनलाई द स्काइ इल पिंका छिट्टै देख्न पाउने छन् । उक्त फिल्ममा फरहान अख्तर लिड रोलमा देखिँदै छन् । फिल्मलाई सोनाली बोसले निर्देशन गर्दैछन । विवाहपछि प्रियंकाको यो पहिलो बलिउड फिल्म हो।

प्रियंका चोपडा निक जोनस

विशेष