१० मन्त्री जन्माउने नगरपालिका
भोजपुर नगरपालिका भएपछि एउटा अभूतपूर्व संयोग के भएछ भने नेपाल सरकारका १० पूर्वमन्त्री र पूर्व मुख्यसचिवको घर नगरक्षेत्रमै परेछ ।
अझ अनौठो संयोग ०७ सालको क्रान्तिपछि बनेको सरकारका मन्त्री नारदमुनि थुलुङ, दीवानसिंह राई, ध्यानबहादुर राई, कर्णबहादुर राई, प्रदीप नेपाल, शंकरप्रसाद कोइराला र पूर्वमुख्यसचिव डा. विमलप्रसाद कोइरालाको घर त ऐंचोपैंचो चल्ने दूरीमा छ । पूर्वमन्त्री रामकृष्ण ताम्राकार, डा. नारायण खड्का, कृपासुर शेर्पा, मिन विश्वकर्माको घर वडा फरक भए पनि नगरक्षेत्रमै समेटिएको छ । यीमध्ये चार राई मन्त्री दिवंगत भइसकेका छन्।
त्यसैगरी, उत्तरीभेगमा रहेको अर्को नगरपालिका षडानन्द नगरपालिकाले पनि थुप्रै पूर्वमन्त्रीको घर समेटेको छ । पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मुकुन्दबहादुर बस्नेत, सुरेन्द्रबहादुर बस्नेत, डम्बरबहादुर बस्नेत, पदम राई, धर्मशीला चापागाईं षडानन्द नगरपालिकाका बासिन्दा हुन् । राष्ट्रपति विद्या भण्डारीको जन्मघर भने रामप्रसाद राई गाउँपालिका अन्तर्गत पर्छ । यस्ता व्यक्तित्व थुप्रै जन्माएको भोजपुरले कृतित्व कति पायो ? त्यो अलग बहसको विषय हो ।
यी सबै सामग्रीहरू पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.com)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।
विद्यादेवी भण्डारी