भिडियो कभर स्टोरी

भारतबिरुद्ध हतियार उठाउन चीनको समर्थन खोजिदै

भारतबिरुद्ध हतियार उठाउन चीनको समर्थन खोजिदै

नेपालमा लगानी सम्मेलनको पूर्व सन्ध्यामा ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालको घरमा प्रहरीले खानतलासी गर्यो । कारण थियो भारतीय बिदेश सचिव बिजयकेशव गोख्लेको नेपाल आगमनमा उनले गर्ने सक्ने सम्भावित बिरोध प्रदर्शन । नेपालले भारतले नेपालको हीत नचाहने भएकाले गोख्लेको नेपाल भ्रमणको बिरोध गर्दै फेसबुकमा स्ट्याटस लेखेका थिए । 

 


फणिन्द्र नेपाल सुगौली सन्धी भन्दा अघिको नेपालको नक्शा लिएर अहिले बिश्वब्यापी अभियान चलाइरहेका छन् । नेपालको गुमेको भूमी फिर्ता हुुनुपर्ने उनको एक सुत्रिय माग छ । यसका लागि उनी समर्थन जुटाउन स्वदेश लगायत बिदेशका बिभिन्न फोरमहरुमा पुग्छन् । भारतले नेपालको हीत र विकास नचहाने भएकाले लडेरै भएपनि नेपालको भूमी फिर्ता गर्नुपर्ने मागसहित उनी बिश्वका बिभिन्न मञ्चमा आवाज उठाउँदै आएका छन् । 

 

">
लगानी सम्मेलन अघि उनले स्वीटजरल्याण्डको जेनेभामा राष्ट्रसंघको मानवअधिकार परिषद्द्वारा आयोजित सम्मेलनमा आफनो अभियानबारे प्रष्ट पारे । करिब डेढ मिनेटको आफनो सम्बोधनमा उनले नेपालको अधिकांश भू–भाग अझैपनि भारतको नियन्त्रणमा रहेकाले बिधिसम्मत रुपमा फिर्ता हुनुपर्ने बताएका थिए ।

 


आफनो सम्बोधन सुनेपछि बिश्वका अधिकांश राष्ट्रका प्रतिनिधि चकित परेको र नेपाल सरकार तथा राजनीतिक दलहरु यो बिषयम किन बोल्दैनन् भनेर प्रश्न समेत गरेको  नेपाल बताउँछन् । 

 


भारतबिरुद्ध हतियार उठ्छ

 


भारतले नेपालको विकासमा आफू पनि नसघाउने र अरु देशलाई पनि सहयोग गर्न नदिने नीति लिएको उनको दाबी छ । 
उनी भन्छन्, ‘भूकम्पमा प्रतिबद्धता जनाएको रकम किन दिएन ? आफना नागरिकलाई जथाभावी नागरिकता दिलाउन किन पर्यो ? ठूलाठूला आयोजनाको जिम्मा लिने तर पूरा नगर्ने ?  यो सबै भारतको कुदृष्टि होइन ?’

">


‘भारतले नेपालको भूमी सहजरुपमा फिर्ता नगरे हतियार उठाउन सक्छौं । यसका लागि चीनको समर्थन लिने प्रयास भैरहेको छ । म बेलाबेलामा चीन जान्छु । त्यहाँका बिभिन्न निकायका मानिसहरुसंग मेरो भेटघाट हुन्छ । गुमेको भूमी फिर्ता गर्ने र चीनको मोडल अनुसार नेपालको विकास गर्ने मेरो लक्ष्य हो ।’ नेपाल बताउँछन् । 

 

 

संघीयताको खारेजी र हिन्दू राष्ट्र

 


नेपालका कुनैपनि राजनीतिक दलले ग्रेटर नेपाल र नागरिकताको एजेण्डा नबोकेकाले अब आफै नयाँ पार्टी खोल्ने तयारीमा छौं । 
पार्टीको मुख्य लक्ष्य सुगौली सन्धी अघिको नेपाल कायम राख्ने, संघीयताको खारेजी गर्ने र हिन्दू राष्ट्र स्थापना गर्ने रहेको छ । गणतन्त्र वा राजसंस्था भन्नेमा पार्टी घोषणा कार्यक्रममा जानकारी दिन्छौं । 

 


अवैध नागरिकलाई लखेट्ने

 


नेपालमा हजारौं बिदेशीलाई नागरिकता दिइएकाले अब तीनिहरुलाई लखेट्नुपर्ने छ । अवैध रुपमा नागरिकता लिएका भारतीय, रोहिंग्या, तिब्बतियन हुन वा भुटानी सबैलाई एक–एक गरेर लखेट्नुपर्छ । यसरी नागरिकता बाँडने राजनीतिक दल र नेताहरुको पनि समयक्रमले हिसाबकिताब गर्ने छ । हामी यसको तयारीमा छौं । 

 


लगानी होइन ‘कमिसन सम्मेलन’

 


अभियन्ता नेपालले हालै सम्पन्न लगानी सम्मेलनलाई कमिसन सम्मेलनको संज्ञा दिए । बिभिन्न देशका लगानीकर्तालाई लगानीको निम्तो दिएर दल र नेताहरुले कमिसन बुझ्ने गरेकाले अहिलेको सम्मेलन पनि त्यसैको निरन्तरता भएको उनको टिप्पणी छ । 

 


मुलुकको विकास गर्न भनेर सम्मेलन गरेको नभइ जनता ढाँटन र आफनो भूँडी भर्न संयन्त्र मात्र मिलाएको उनको दाबी छ । 


">

विशेष