मनोरञ्जन

पुनः अभिनयमा फर्किँदै इरफान खान

पुनः अभिनयमा फर्किँदै इरफान खान

एजेन्सी । बलिउड अभिनेता इरफान खान आफ्नो उपचारपछि अभिनयबाट टाढा रहेका छन्। समाचार विवरणमा जनाइएअनुसार अब उनी छिट्टै नै अभिनयमा फर्किने तयारीमा छन्।

 

इरफान खान लण्डनमा न्यूरो इन्डोक्राइम ट्युमर नामको रोगको उपचारपछि मुम्बइ फिर्ता भएका छन्। उनका नजिकका साथी तथा निर्देशक तिग्मांशु धुलिया लण्डनबाट स्वदेश फर्किएपछि आफूले उनलाई भेटेको र उनी पूर्ण रूपमा स्वस्थ रहेको बताएका छन्। उनले भने, 'इरफान लण्डनबाट स्वदेश फर्केपछि उनीसँग मेरो भेट भयो। अब उनी पूर्णरूपले ठीक छन्। उनले छिट्टै हिन्दी मिडियम सिरिजको सुटिङ गर्ने बताएका छन्।'

 

सन् २०१७ मा रिलिज भएको इरफानको फिल्म हिन्दी मिडियमले बक्स अफिसमा शानदार सफलता हासिल गरेको थियो। उक्त फिल्मको सिक्वल इंग्लिश मिडियममा इरफान देखिने छन्। फिल्मका प्रोड्युसर दिनेशका अनुसार उक्त फिल्मको सिक्वल इरफान खानबिना बनाउने बारेमा सोच्न पनि सकिँदैन। उनले भने, 'उहाँले छिट्टै नै फिल्मको सुटिङ सुरु गर्ने छन्। अहिले फिल्मको स्क्रिप्टलाई फाइनल टच दिइँदै छ।'

इरफान खान

विशेष