कभर स्टोरी भिडियो

रवीन्द्रलाई सम्झेर स्टुडियोमै धरधरी रोइन नवीना, ‘रवीन्द्र दाइलाई धेरै अन्याय भयो’ (भिडियोसहित)

रवीन्द्रलाई सम्झेर स्टुडियोमै धरधरी रोइन नवीना, ‘रवीन्द्र दाइलाई धेरै अन्याय भयो’ (भिडियोसहित)

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ठूलो शोकमा छ । पार्टीका होनहार दुई जना नेता भरतमोहन अधिकारी र रविन्द्र अधिकारी गुमाउँदाको पीडा नेकपालाई मात्र होइन सिंगो देशलाई नै छ । 

 


पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन ८२ बर्षको उमेरमा स्वास्थ्यका कारण भएको हो । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका नेकपा केन्द्रीय सदस्य रविन्द्र अधिकारीको मृत्यु पनि पत्याउन सक्ने किसिमको छैन । 

 


ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका अधिकारी सबैका प्रिय थिए भन्ने कुरा उनको काठमाडौं र पोखरामा गरिएको श्रद्धाञ्जलिसभा र शवयात्राको उपस्थितिले नै देखाएको छ । काठमाडौंसहित पोखरामा भएको श्रद्धाञ्जलिसभा र उनको अन्त्येष्टिमा सहभागी भइ काठमाडौं फर्केकी नेकपा सांसद नविना लामासंग हामीले कुराकानी गरेका छौं । 


थामिएन नविनाको आँशु


रविन्द्र अधिकारीको प्रसंग निकाल्नासाथ नविनाका आँखा आँशुले भरिए । उनलाई बोल्नै निकै कठिनभयो । बिद्यार्थी राजनीतिदेखि रविन्द्रसंग निकट सम्बन्ध रहेकी नविनाले रविन्द्रको सहयोगले नै आफू राजनीतिमा यहाँसम्म आइपुगेको बताइन् । 

 


उनले रविन्द्र नभएको भए आफू राजनीतिबाट उहिल्यै बिस्थापित भैसक्ने बताउँदै उनको निधनले आफू ‘टुहुरो’ भएको उनले बताइन् । 


रविन्द्र विकासवाद नेता


रविन्द्र अधिकारी बिद्यार्थी राजनीतिदेखि नै विकासमुखी नेता भएको नविनाको बुझाइ छ । अधिकारीले लेखेको ‘समृद्धि’ पुस्तक पढ्न पनि उनले सबैलाई आग्रह गरिन् । 

 


सुखी नेपाली र समृद्ध नेपाल बनाउने सरकारको अभियानमा प्रतिबद्ध रहँदै अधिकारीले विकासका थुप्रै पूर्वाधारको योजना बनाएर लगभग आधा काम सकाइसकेको नविनाको दाबी छ । 

 


संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री रहँदै गर्दा उनले देशका बिभिन्न स्थानमा बिमानस्थल निर्माणको काम मात्र नभइ संस्कृति र पर्यटन प्रवद्र्यनका क्षेत्रमा पनि उल्लेख्य काम गरेको बताइन् । 

 


वाइबडीमा फसाउन पार्टी भित्रैबाट षडयन्त्र

 

नेतृ नविनाले वाइडबडी जहाज खरिद प्रकरणमा रविन्द्र अधिकारीको नाम मुछेर बदनाम गरिएकोमा आक्रोश व्यक्त गरिन् । 

 


अधिकारी सफा, स्वच्छ, इमान्दार र पारदर्शी नेता भएको जनाउँदै लामाले पार्टी बाहिर मात्र नभइ पार्टी भित्रबाट समेत अधिकारीको छवि धुमिल बनाउन भ्रष्टाचार प्रकरणमा नाम जोडिएको उल्लेख गरिन् । 

 


नेता अधिकारीलाई नियोजितरुपमा बदनाम गर्नेहरुको जीवनमा कहिल्यै भलो नहुने उनको भनाइ छ । 
प्रधानमन्त्रीले ढिलो बोले

 


प्रधानमन्त्री केपी शर्मा ओलीले रविन्द्र अधिकारीको वाइडबडीमा संलग्नता नभएको भनी दिएको अभिव्यक्ति स्वातयोग्य भएपछि ढिलो आएको बताइन् । उनी भन्छिन्,‘ मान्छे नै संसारमा नभएपछि अब यसो त्यसो भन्नुको के अर्थ ? ’

 


राजनीतिबाट बितृष्णा जाग्यो


नेता अधिकारीमाथि पार्टी भित्र र बाहिरबाट भएको प्रहार देख्दा आफूलाई राजनीतिबाटै दिक्क लाग्न थालेको उनको दुखेसो छ । नविनाले भनिन्,‘ राजनीतिबाहेक अरु चिज पनि गर्न सकिन्छ, अब त्यस्तै सोच आउन थालिसक्यो । ’


नेतृ नविनाले पार्टीमा कसैलाई काखा र कसैलाई पाखाको व्यवहार भैरहेको पनि स्वीकार गरिन् । 

नविना लामा रविन्द्र अधिकारी

विशेष