शिवको प्रसाद भनिने गाँजाले गर्छ यस्तो हानी

काठमाडौं । काठमाडौंको पशुपतिनाथसँगै देशका विभिन्न शिव मन्दिरमा आज महाशिवरात्री पर्व मनाइँदैछ। भगवान शिवको प्रसाद भन्दै विशेषगरी अधिकांश युवा जमात आज गाँजा, भाङजस्ता नसालु पदार्थ सेवन गर्छन्। प्रशासनको रोकावटबीच पनि शिवरात्रीका दिन लुकीचोरी नसालु पदार्थ सेवन गर्ने परम्परा नै बनिसकेको छ। सामान्यतया डिप्रेसनबाट बच्न, तनाव कम गर्न र मनोरञ्जनका लागि भन्दै गाँजालगायत नसालु पदार्थ खाने गरिन्छ।
गाँजामा पाइने विभिन्न रसायनले बाहिरी वातावरणसँगको प्रभाव कम गराएर आफ्नो प्रभाव मस्तिष्कमा हावी गराउँछ। जसले गर्दा होस गुम्ने भएकाले आफूले गरेका काम थाहा नहुने, व्यवहारमा परिवर्तन आउने अर्थात् हाँसे हाँसेको हाँस्यै र रोएको रोयै हुने हुन्छ। गाँजामा क्यानाविनोइड नामक रसायन हुन्छ। जसले तुरुन्त मस्तिष्कमा असर गर्छ। डिप्रेसन वढेर जान्छ। गाँजा सेवनले मुटुको चाल विगार्ने, रक्तचाप वढाउने र कतिपय अबस्थामा हृदयघातसम्म हुन्छ। आँखा रातो हुने, बान्ता हुने, रिंगटा लाग्ने लगायतका समस्या हुन्छ। गाँजा सेवनले फोक्सोमा समस्या हुन्छ। दम लगायतका दीर्घरोग लाग्न सक्छ। यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
गाँजा महाशिवरात्री पर्व