युरोप जाने पहिलो नेपाली जंगबहादुर होइनन् (भिडियोसहित) भाग ६
काठमाडौं । नेपालआजले शुरु गरेको नेपालको इतिहासबारेको शृंखला ‘इतिहास र आज’मा प्रा.डा. सुरेन्द्र केसी हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयमा ३५ वर्षभन्दा बढी इतिहासमा प्राध्यापन गराउनु भयो । यो शृखलाको छैठौं भागमा डा. केसीले कार्यक्रम प्रस्तोता हरिराम रिमालसँग राणाशासनबारे यसरी चर्चा गर्नुभएको छः
नेपालबाट युरोप जाने पहिलो नेपाली जंगबहादुर होइनन् । किनभने उनी बेलायत पुग्दा त्यहाँ उनलाई अर्को नेपालीले नै स्वागत गरेको थियो । सरकारको तर्फबाट जाने उनी प्रथम हुन् ।
जंगबहादुरले आफ्नो कालमा राजनीतिक स्थायीत्व कायम गरे । दोस्रो काटमारको प्रक्रिया रोकियो । कानुनी राज्यमा प्रवेश गराउने उनी पनि हुन् ।
राणाहरुले अंग्रेजी शिक्षाको महत्व बुझेका थिए । त्यसपछि कलकत्ताबाट दुई जना अंग्रेजी शिक्षक झिकाएर दरबार हाइ स्कुल स्थापना गरे । त्यो दरबारभित्रै भएका कारण दरबार स्कुलका नामले चिनियो । पछि त्यो स्कुलमा भारदारका सन्तानले पनि पढन थाले । त्यसपछि मात्रै पहुँचवाला नागरिकका छोराछोरीले पढ्न पाउने भए–डा. केसी भन्छन् ।
सतीप्रथालाई खुकुलो जंगबहादुरले बनाए । गर्भवतीले सती जान नहुने, उमेर १२ वर्षसम्मको छ भने जान नहुने बनाए । चन्द्र शमशेरले त्यो कुप्रथा उडाइदिए ।
राणाहरुको खराब कुरा पारिवारिक शासन हो । बडाहाकिम समेत परिवारभन्दा पर जाँदैन थियो । शिक्षामा पनि जनतालाई पढ्न दिएनन् । अहिले पनि दूर दराजका जनताले गुणस्तरीय शिक्षा पाउन सकेका छैनन् ।
सानो गल्ती हुँदा पनि कडा सजाएको व्यवस्था राणाशासनमा थियो । नराम्रो दूर्व्यवहार गर्ने चलन पनि राणाहरुले चलाए । जातभात पनि उस्तै गरे । त्यति ठूलो सिंहदरबारमा शौचालय थिएन । राणाहरुले कोपरामा शौच गर्ने, अनि दासहरुले फाल्नु पर्ने दूरावस्था थियो । इँजार पनि अरुले खोलिदिनु पर्ने थियो । जुद्ध शमशेरले त क्याबिनेट बैठकमै पिसाब आएपछि उसका लागि कोपरा लिएर सेवक आउने र अरुले टाउको बटार्नु पर्ने अवस्था थियो ।
मान्छेलाई साह्रै तल राखे । अहिले पनि नेपालीहरुले राणाहरुलाई शीर ठाडो बनाएर हेर्न सक्दैनन् ।
अहिले पनि राणाहरुले आफूलाई अर्कै वर्ग सम्झन्छन् । अहिले पनि पशुपति शमशेर चुनाव लड्न जाँदा होटल सोल्टीबाट उनको खाजा जान्छ ।
र याे पनि
वंशावलीलाई आधार मानिएका कुरा सत्य नहुन पनि सक्छन् (भिडियोसहित) भाग १
इतिहासलाई जे हो त्यही अवस्थामा बुझ्नु पर्छ (भिडियोसहित) भाग २
समाज ‘ग्रुप सेक्स’बाट ‘इन्डिभिज्वल सेक्स’मा रुपान्तरण भएको देखिन्छ (भिडियोसहित) भाग ३
रणबहादुर शाह: निकम्मा अनि महिला भेला गरेर राज्यको सम्पत्ति उडाउने मात्रै (भिडियोसहित) भाग ४
नेपालको दरबार काटमारको केन्द्र थियो (भिडियोसहित) भाग ५
‘इतिहास र आज’ प्रा.डा. सुरेन्द्र केसी