नेपालको दरबार काटमारको केन्द्र थियो (भिडियोसहित) भाग ५
काठमाडौं । नेपालआजले शुरु गरेको ‘इतिहास र आज’ शृंखलाको पाँचौ भागमा प्रा.डा. सुरेन्द्र केसीले इतिहासमा नेपालको विभिन्न मुलुकसँग भएको युद्धका बारे चर्चा गर्नुभएको छ । केसीको मतमा नेपाली पुर्खाको वीरताले नै मुलुक जोगिएको हो । ब्रिटिससँग, तिब्बतसँगको युद्धमा नेपाली योद्धाहरुले वीरता देखिएकै हो । अंग्रेजहरुले नेपाललाई जित्न नसकेर र बफर स्टेटका रुपमा छाडेको केसीको आँकलन छ ।
अंग्रेजहरुले नेपाललाई धेरै सोचविचार गरेरै छाडेको लख केसी काट्छन् । जस्तो कि अंग्रेजहरुले पाकिस्तानलाई अलग गरिदिए । पूर्वी पाकिस्तान राख्नुको अर्थ उनीहरुले भविष्यमा यो टुक्रा हुन्छ भन्ने बुझेकै थिए । नभन्दै २० वर्षमा बंगलादेश टुक्रा भयो ।
पहिलो र दोस्रो विश्वयुद्धमा २ –२ लाख गोर्खा सेना ब्रिटेनले उपयोग गरेको थियो । नेपाललाई स्वतन्त्र छाडेको लाभ यस प्रकारले बेलायतले अहिले पनि लिइरहेको छ ।
भिमसेन थापा आफूअनुकुलको नभएका कारण अंग्रेजहरुले नै जंगबहादुर पैदा गरेको डा. केसीको दावी छ । नेपालको दरबार काटमारको केन्द्र थियो ।
१९५० को सन्धिमा त्यसअघि भएका सबै सन्धि खारेज भएको उल्लेख छ । त्यसअर्थमा सुगौली सन्धि पनि खारेजका भएको छ ।
१९५० सन्धिले नेपाललाई स्वतन्त्र बनाएको होइन । १९२३ कै सन्धिले नेपाललाई स्वतन्त्र बनाएको हो । १९५० को सन्धि त १८१६ को सुगौली सन्धि भन्दा पनि प्रतिगामी छ ।
१९५० को सन्धिमा ‘यो धाराले छुनेबाहेक पुराना सन्धि खारेज हुने’ भनिएको छ । अंग्रेजहरुले नेपाललाई तिमीहरु स्वतन्त्र हुन सक्छौं भन्ने कुनै पनि डकुमेन्टले पुष्टि गर्दैन ।
सुगौली सन्धिमा पुर्खाहरुले वीरता प्रस्तुत गरेका छन् । ३० हजार अंग्रेजहरु थिए । नेपालका १२ हजार । त्यसमाथि आधुनिक र परम्परागत हतियारबीच युद्ध गर्नु पर्ने थियो । पहिलो विश्वयुद्धमा सहयोग गरेबापत १९२३ मा नेपाल स्वतन्त्र राष्ट्र भएको हो ।
जंगबहादुरले चार जिल्ला फिर्ता लिए । राणाहरुले जति मोजमस्ती गरे, त्यो अघि नै जंगबहादुरले चार जिल्ला फिर्ता लिएका थिए ।
र याे पनि
वंशावलीलाई आधार मानिएका कुरा सत्य नहुन पनि सक्छन् (भिडियोसहित) भाग १
इतिहासलाई जे हो त्यही अवस्थामा बुझ्नु पर्छ (भिडियोसहित) भाग २
समाज ‘ग्रुप सेक्स’बाट ‘इन्डिभिज्वल सेक्स’मा रुपान्तरण भएको देखिन्छ (भिडियोसहित) भाग ३
रणबहादुर शाह: निकम्मा अनि महिला भेला गरेर राज्यको सम्पत्ति उडाउने मात्रै (भिडियोसहित) भाग ४
‘इतिहास र आज’ प्रा.डा. सुरेन्द्र केसी