कभर स्टोरी भिडियो स्ट्रेट फरवार्ड

हिन्दुधर्मका कारण शिवरात्रिमा सेना दिवस मनाइएको होइन (भिडियोसहित)

हिन्दुधर्मका कारण शिवरात्रिमा सेना दिवस मनाइएको होइन (भिडियोसहित)

काठमाडौं । नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी डा. प्रेम सिंह बस्नेतले सेना दिवसका अवसरमा आम रुपमा उत्पन्न हुने विभिन्न जिज्ञासाहरुबारे चर्चा गर्नुभएको छ । सेना दिवस   र महाशिवरात्रि एकै दिन हुनुको कारण के हो त ? भन्ने विषयमा पनि डा. बस्न्यातले आफ्नो धारणा राख्नु भएको छ । उहाँको धारणाको मूल सार निम्नानुसार छः 

 

‘सामान्यतः हरेक मुलुकले स्वतन्त्रता दिवसका दिन सेना दिवस मनाउने गर्छन् । तर नेपालको कुनै स्वतन्त्रता दिवस छैन । किनभने यो कहिल्यै कसैको औपनिवेश भएर रहेन् । आदिकालदेखि नै यो मुलुक स्वतन्त्र रहिआएको छ । अर्को तर्फ कुनै विशाल युद्ध जितेर त्यसमै टेकेर सेना दिवस मनाउने पनि भएन । यो सेना चाहिँ विक्रम सम्वत् १६१६ को असोज २५ मा स्थापना भएको हो । द्रव्य शाहको पालमा यो सेना स्थापना भएको हो । 

 

स्थापनाकाल, स्वतन्त्रता दिवस, विशाल लडार्ईंमा विजय प्राप्त गरेर सेना दिवस मनाउने गरिन्छ । अब नेपालको सेना दिवस चाहिँ स्थापनाको दृष्टिले असोजमा मनाउनु पर्ने देखिन्छ । 

 

शिवरात्रिसँग जोडिनुको कारण सेनाले पनि विषय बाहिर ल्याएको छैन । सेना भनेको हिन्दु धर्मसँग सम्बन्धित भएका कारण शिवरात्रिमा सेना दिवस मनाइएको भन्नेहरु पनि छन् । तर त्यस्तो होइन ४७ साल तिर राजा वीरेन्द्रले सबै देशमा सेना दिवस हुन्छ नेपालमा किन नहुने ? भन्ने प्रश्न गरे ।

त्यसपछि सेना दिवस मनाउने तय भयो । शिवरात्रिमा सेनाले विभिन्न कार्यक्रम गर्दै आएको थियो । त्यही दिन सेना दिवस पनि मनाउँदा खर्च कम लाग्ने भएर एउटै दिनमा दुई कार्यक्रम मिसाइएको हो । 

 

घोडेजात्रा, शिवरात्रि जस्ता पर्व मल्लकालदेखि नै मनाउने गरिन्थ्यो । त्यसलाई शाहवंशले पनि मनाउन थाल्यो । त्यसमा सेनाले सहयोग गरिदिएको हो । 

 

नेपाली सेनालाई डन्डा हानेर त्यो बेलाका राजाले राजनीतिबाट टाढा राख्थे । पाकिस्तान, थाइल्याण्ड, बर्मामा सैन्य कू हुन्छ । तर नेपाली सेनाले राज्यसत्ता लिने कहिले विचार पनि गरेर  । सबैभन्दा ठूलो संस्कारी कुरा हो । प्रतिकुल अवस्थामा पनि नेपाली सेनाले काम गरेको थियो । पहिले त ब्यारेक पनि थिएन । डेरामा, घरमा बसेर नेपाली सेनाले देशका लागि लड्थे । 

 

डा. केआइसिंह पछि नै हो नेपालमा ब्यारेकको सिस्टम आएको हो । नत्र थिएन । नेपालमा कुनै पनि बेला सेनाले विद्रोह गरेन ।’ 
 

डा. प्रेम सिंह बस्नेत

विशेष