एचआइभी/एड्सबाट सधैका लागि मुक्ति पाउने विश्वका दोस्रा व्यक्ति
एजेन्सी । सन २००३ मा एचआइभी संक्रमण भएका एक व्यक्तिले हालै यो रोगबाट सधैका लागि मुक्ति पाएका छन् । स्टिम सेल प्रत्यारोपणबाट ती व्यक्तिले यतिका वर्षपछि एचआइभीबाट मुक्ति पाएका हुन् । यो उपचारसँगै उनी विश्वका एचआइभीमुक्त हुने विश्वका दोस्रा व्यक्ति बनेका छन् । यसअघि बर्लिन पेसेन्ट उपनामका एक व्यक्तिले पनि यो संक्रमणबाट मुक्ति पाएका थिए ।
हालै एचआइभीको सफल उपचार पाएका व्यक्तिमा सन् २०१६ मा क्यान्सर देखिएको थियो । सो क्यान्सरविरुद्ध चिकित्सकहरुले उनीसँग मिल्ने दाता भेटेर स्टिम सेल प्रत्यारोपण गरिदिएका थिए । जसबाट यी नयाँ व्यक्तिको शरिर एचआइभीबाट मुक्त भएको डेलीमेलले जनाएको छ ।
यस्तो उपचार पाउने व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।