खेल

आइपीएलः सन्दीप नयाँ जर्सीमा, टिममा छन् यस्ता खेलाडी

आइपीएलः सन्दीप नयाँ जर्सीमा, टिममा छन् यस्ता खेलाडी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटल्समा आवद्ध सन्दीप लामिछाने नयाँ जर्सीमा देखिएका छन् । दिल्लीले आफ्नो आधिकारीक फेसबुक पेजमाफर्त सन्दीपलाई नयाँ जर्सीमा देखाएको हो । टिमको नाम परिर्वतन (दिल्ली डेयरडेभिल्स) गरेसँगै दिल्लीले जर्सी पनि परिर्वतन गरेको छ । दिल्लीले पहिलो खेल २४ मार्चमा बुम्बई इन्डियन्सविरुद्ध खेल्दै छ । 

 

विश्वकै ठूलो क्रिकेट लिग आइपीएल नजिकिएसँगै दिल्लीले हरेक दिन आफ्ना खेलाडीबारे सामाजिक सञ्जालमार्फत जानकारी दिइरहेको छ । गत वर्ष सन्दीपले आइपीएलमा ३ खेलमा ५ विकेट लिएका थिए । आइपीएलपछि उनले विश्वका चर्चित लिगहरु खेलिरहेका छन् । अहिले सन्दीप यूएईमा जारी पाकिस्तान सुपर लिग (पीएसएल) खेलिरहेका छन् । 


कोको छन् दिल्ली क्यापिटल्समा?
–श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, शिखर धवन, ट्रेन्ट बोल्ट, कोलिन इन्ग्राम, अमित मिश्रा, क्रिस मोरिस, कोलिन मुनरो, अक्षर पटेल, अर्षल पटेल, कागिसो रबाडा, सन्दीप लामिछाने, इशान्त शर्मा, पृथ्वी शा, अनुमा बिहारी, शेफरन रदरफोर्ड, जयन्त यादव, राहुल तेवटिया, नथु सिंह, केमो पल, जलाज सक्सेना, मन्जोट कल्रा, अंकुश बानिस, बन्दारु आयाप्पा र अवेश खान

इन्डियन प्रिमियर लिग सन्दीप लामिछाने दिल्ली क्यापिटल्स जर्सी

विशेष