मनोरञ्जन

ऋतिक र करणपछि कंगनाको निशानामा रणवीर, भनिन् 'तिमीले चढेको मर्सिडिज पनि जनताकै पैसाको हो'

ऋतिक र करणपछि कंगनाको निशानामा रणवीर, भनिन् 'तिमीले चढेको मर्सिडिज पनि जनताकै पैसाको हो'

मणिकर्णिकको सफलतापछि कंगना रनौत एकपछि अर्का बलिउडका हस्तिमाथि निशाना लगाउँदै छिन्। केही दिनअघिको एक कार्यक्रममा कंगनालाई ऋतिक रोशन र करण जौहरमाथि कडा टिप्पणी गरिन्। अहिले फेरि कंगनाले अर्का ठूला अभिनेताको बारेमा सवाल उठाएकी छन्।

 

उनले अभिनेता रणवीर कपूरले जनचासोको विषयमा नबोलेको भन्दै कटाक्ष गरेकी हुन्। एक प्रेस मिटका क्रममा उनले रणवीरमाथि सवाल गरेकी हुन्। उक्त प्रेस मिटमा मणिकर्णिकाकी को-एक्टर अंकिता लोखंडे पनि थिइन्। कंगनाको कुरा सुनेर अंकिता मुस्कराउनबाट आफूलाई रोक्न सकिनन्।

 

सञ्चारकर्मीहरूले सोधेको एक प्रश्नमा उनले बलिउडमा यस्ता धेरै सेलिब्रेटी छन् जसलाई राजनीतिका बारेमा प्रश्न सोध्यो भने भन्छन् राजनीतिमा म किन बुलूँ? हामीले के गरेका छौँ? र हामीले केही गरेका छैनौँ भन्दै तर्किने बताइन्। केही दिन अघि रणवीले पनि यस्तै गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै उनले सबै कलाकारलाई जिम्मेवार बन्न आग्रह गरिन्।

 

'रणवीर भन्छन् आफ्नो घरमा बिजुली-पानी आउँछ म राजनीतिका बारेमा किन बोलूँ भन्ने किसिमको गैरजिम्मेवारीपूर्ण अभिव्यकित दिए। तपाईं देशका कारणले हुनुहुन्छ। तपाईंको घर यहाँ छ। यो देशबासीको पैसाले नै तपाईं मर्सिडिज चढ्नुहुन्छ', उनले अगाडि भनिन्  'यस्तो प्रकारको कुरा तपाईंले कसरी गर्न सक्नुहुन्छ? हामी फिल्मका काम गर्ने व्यक्ति हौँ हामी कसरी राजनीतिका कुरा गर्न सक्छौँ। यस्तो प्रकारको भनाइ एकदमै गैरजम्मेवारीपूर्ण छ।'

 

उनले आफ्नो करिअयर पनि खतम भए पनि जनताको दैनिकसँग जोडिएका राजनीतिक मुद्दामा आफू बोल्ने बताइन्।  उनले भनिन् 'घरमा बिजुली पानी आयो भने यसको मतलब यो होइन कि मलाई अरू कसैको जिम्मवारी लिन आवश्क छैन। कलाकार पनि जिम्मेवार बन्नु पर्छ। यसलाई बदल्नु जरुरी छ।'

रणवीर कपुर कंगना रनौत

विशेष