४० प्रतिशत विशेषज्ञ डाक्टर नै फेल
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि लिएको विशेष परीक्षामा करिब ४० प्रतिशत डाक्टर फेल भएका छन् । विशेषज्ञ चिकित्सकहरूको तालिम, अध्ययनसँगै क्षमता पर्याप्त नहुँदा काउन्सिलको परीक्षामा फेल भएका हुन् ।
काउन्सिलको स्नातकोत्तर लाइसेन्स परीक्षामा ३ सय ७३ सामेल भएकामा २ सय २२ जना मात्र पास भएका हुन् । १ सय ४६ जना फेल भए भने ५ अनुपस्थित थिए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
डाक्टर नेपाल मेडिकल काउन्सिल