जटिल मानिने सोल्जर अर्थोस्कोपि न्यूरोमा सफल
मोरङ : विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पतालमा जटिल मानिने कुमको दुरविन प्रविधिबाट प्रदेश १ मै पहिलो पटक सोल्जर अर्थोस्कोपि भएको छ। मोरङ बेलबारी वडा नं ११ का जीवन कुमार लिम्बूको सोलजर अर्थोस्कोपि गरिएको हो।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार लिम्बूको दाहिने हातको माथिल्लो भागमा नशा च्यातिको थियो । नशा च्यातिएकै कारण लिम्बूको हात दुखने र उठाउनसमेत नसकिएको डाक्टर नवीनकुमार कर्णले बताए।
हातमा विगत एक वर्षदेखि समस्या रहेको बिरामी लिम्बूले बताए। उनले डाक्टर कर्णको सफल शल्यक्रियापछि आफू हात गुमाउनबाट जोगिएको र पुनः आफ्नो तथा परिवारको जीविकोपार्जन गर्ने सक्ने भन्दै खुसी व्यक्त गरे। पछिल्लो समय न्यूरो अस्पतालले विभिन्न चिकित्सा क्षेत्रमा फड्को मार्दै गएको छ।
सोल्जर अर्थोस्कोपि