खेल

टी–२० सिरिजः इंग्ल्याण्डसँग वेस्ट इन्डिज पराजित

टी–२० सिरिजः इंग्ल्याण्डसँग वेस्ट इन्डिज पराजित

काठमाडौं । वेस्ट इन्डिज विरुद्धको टी–२० सिरिजको पहिलो खेल इंग्ल्याण्डले ४ विकेटले जितेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० बनायो । उसका लागि निकोलस पुरनले सर्बाधिक ५८, डार्रेन ब्रावोले २८, क्रिस गेलले १५, शिमरोन हिटमायरले १४, एशले नर्सले नटआउट १३ रन बनाउँदा अन्यले दोहोरो अंकसमेत जोड्न सकेनन् । 

 

बलिङमा इंग्ल्याण्डका टम करानले ४, क्रिस जोर्डनले २, जोइ डेली र आदिल रशिदले एक–एक विकेट लिए । १६१ रनको लक्ष्यका साथ मैदान उत्रेको इंग्ल्याण्डले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । उसका लागि जोनी बेयरस्टोले सर्बाधिक ६८, जोइ डेलीले ३०, साम बिलिंग्सले १८ र एलेक्स हेलले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । बलिङमा शेल्डन कोट्रेलले ३, यश्ले नर्स, कार्लोस ब्रेथवेट र जोस होल्डरले एक–एक विकेट लिए । यो हारसँगै वेस्ट इन्डिज ३ खेलको सिरिजमा १–० ले पछाडि परेको छ । 
 

टी–२० सिरिज इंग्ल्याण्ड भर्सेस वेस्ट इन्डिज

विशेष