खेल

अष्ट्रेलियाविरुद्ध भारत विजयी, विराटले तोडे सचिनको रेकर्ड

अष्ट्रेलियाविरुद्ध भारत विजयी, विराटले तोडे सचिनको रेकर्ड

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले क्रिकेटका भगवान् मानिने सचिन तेन्दलकरको कीर्तिमान तोडेका छन् । उनले अष्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिजमा शतक प्रहार गरसँगै सचिनको कीर्तिमान तोडेका हुन् ।  ४० औँ एकदिवसीय शतकको रेकर्ड कायम गर्नका लागि ३० वर्षीय कोहलीले २२४ एकदिवसीय क्रिकेटका २ सय १६ पारी खेलेका छन् । विराट आफ्नो ११ वर्षको एकदिवसीय करियरमा ४० औँ शतक हान्न सफल भए । उनले सन् २०१५ फेब्रुअरी १५ मा पाकिस्तानविरुद्ध विश्वकपको म्याचमा आफ्नो २२ औं एकदिवसीय शतक हानेका थिए र त्यसयता एकदिवसीयमा उनले १८ शतक प्रहार गरिसके ।

 

सचिनले ३६४ एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेर ४० शतक प्रहारको रेकर्ड बनाएका थिए। सचिनले २००६ सेप्टेम्बर ६ मा वेस्टइन्डीजविरुद्ध आफ्नो ४० औँ एकदिवसीय शतक हानेका थिए र त्यसबेला उनी ३३ वर्ष ५ महिनाका थिए। यस्तैगरी एकदिवसीय क्रिकेटमा सचिनले आफ्नो अन्तिम तथा ४९ औँ शतक २०१२ मार्च १६ मा बंगलादेशविरुद्धको एसिया कपमा प्रहार गरेका थिए।

 

सचिनले आफ्नो ४० औँ शतकबाट ४९ औँ शतकसम्म पुग्नका लागि ६ वर्ष क्रिकेट खेलेका थिए। ४९ औँ एकदिवसीय शतक प्रहार गर्दा सचिन ३९ वर्षका थिए। यसैबीच अष्ट्रेलिया विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा भारत ८ रनले विजयी भएको छ । यो जितसँगै ५ खेलको सिरिजमा अष्ट्रेलिया १ ० ले पछाडि परेको छ ।  

अष्ट्रेलिया भर्सेस भारत विराट कोहली एकदिवसीय सिरिज सचिन तेन्दलकर

विशेष