खेल

श्रीलंकामाथि दक्षिण अफ्रिकाको फराकिलो जीत

श्रीलंकामाथि दक्षिण अफ्रिकाको फराकिलो जीत

काठमाडौं । श्रीलंका विरुद्धको एकविदसीय सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिका ११३ रनले विजयी भएको छ । दक्षिण अफ्रिकाले दिएको २५२ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले ३२.२ ओभरमा १३८ रन बनाउँदै अलआउट भयो । श्रीलंकाका लागि ओशाडा फर्नाडोले सर्बाधिक ३१, कुसल मेन्डीसले २४, थिसरा पेराराले २३, धनन्जय डिसिल्भाले १५, अभिशाक फर्नाडोले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकसमेत जोड्न सकेनन् । बलिङमा द.अफ्रिकाका कागिसो रबाडाले ३, लुंगि एन्गीडी,इमरान ताहिर र अनरिभ नोर्तिजेले दुई–दुई विकेट लिए । 

 

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको द. अफ्रिकाले ४५.१ ओभरमा सम्पूर्ण गुमाउँदै २५१ रन बनायो । उसका लागि ओपनर क्लिन्टन डि ककले ९६, कप्तान फाप डुप्लेसीले ५७, रीजा हेनरिकले २९, डेबिड मिलरले २५ र विआन मुल्डरले १७ रन बनाए । अन्य ब्याट्सम्यानले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । 

 

बलिङमा श्रीलंकाका थिसरा परेराले ३, कप्तान लसिथ मलिंगा, धनन्जय डि सिल्भाले दुई–दुई, कासुन राजिता, अकिला धनन्जय र विश्वा फर्नाडोले एक–एक विकेट लिए । यो हारसँगै श्रीलंका पाँच खेलको सिरिजमा २ ० ले पछि परेको छ । 
  

एकदिवसीय सिरिज श्रीलंका भर्सेस दक्षिण अफ्रिका

विशेष