स्वास्थ्य

कोलस्ट्रोल घटाउन के खाने?

कोलस्ट्रोल घटाउन के खाने?

काठमाडौं । हाम्रो शरीरमा कोलस्ट्रोलको मात्रा धेरै भयो भने विभिन्न रोग लाग्न सक्छन् । रगतमा कोलस्ट्रोल बढ्नु मुटुका लागि हानिकारक मानिन्छ । साथै यो क्यान्सरका लागि पनि घातक हो । अब जानौँ, रगतमा कोलस्ट्रोलको मात्रा घटाउन कस्तो खानपान हुनुपर्छ? 

–शाकाहारी खाना खाने गर्नु कोलस्ट्रोल हटाउने सबैभन्दा उत्तम उपाय हो । किनकि, शाकाहारी खानामा कोलस्ट्रोलको मात्रा अति कम हुन्छ । 


–मासु, कलेजो, अन्डाको पहेँलो भाग, दूध, घिउ, मख्खन आदि अत्यधिक कोलस्ट्रोल भएका खाद्यपदार्थ कम मात्र सेवन गर्नुपर्छ । 


–धेरै चिल्लोपदार्थ पनि खानुहुँदैन । सूर्यमुखी, मकै, भटमास, शुद्ध तोरी आदिको तेल ठीक मात्रामा प्रयोग गर्नुपर्छ । त्यस्तै, काजु, बदामजस्ता नट्स सेवन गरेमा हाम्रो शरीरलाई आवश्यक तेल स्वतः परिपूर्ति हुन्छ । 


–माछा, कुखुरा र टर्की आदिको मासुमा कम बोसो हुने हुनाले यी पदार्थ खान सकिन्छ । त्यो पनि कम मात्रामा मात्र 
उपयोग गर्नुपर्छ । 


–खसी, बोका, भेडा, च्यांग्रा, बँदेल, बंगुर आदिको मासुमा अत्यधिक स्याचुरेटेड फ्याट हुने हुँदा यिनको मासु नखाएकै बेस हुन्छ । 

 

–खाना पकाउँदा तेल कम राख्ने तथा दाल, भटमास, सिमी, मटर आदिमा पाइने प्रोटिनमा बढी जोड दिने गर्नुपर्छ । 


–सागपात, हरियो तरकारी, फलफूल, गहुँ , चामल र दाल अत्यन्त फाइदाजनक छन् । यिनीहरूको उपयोग प्रशस्त मात्रामा गर्ने ।


–माछाको तेल, सिमी, बोडी, भटमास, ओखर, कागती, बदाम आदिबाट तयार पारिएका पदार्थ खानामा प्रयोग गर्नुपर्छ । यसले कोलस्ट्रोलको नकारात्मक असरलाई कम गर्छ ।


–बेलुकाको खाना अलि सबेरै (७ बजे) खानु उपयुक्त हुन्छ । खाना खानेबित्तिकै सुत्नु हानिकारक हुन्छ ।  

क्यान्सर कोलस्ट्रोल

विशेष