खेल

वेस्ट इन्डिज विरुद्धको सिरिज इंग्ल्याण्डले जित्यो

वेस्ट इन्डिज विरुद्धको सिरिज इंग्ल्याण्डले जित्यो

काठमाडौं,  । वेस्ट इन्डिज विरुद्धको टी–२० सिरिज एक खेल अगावै इंग्ल्याण्डले जितेको छ । दोस्रो खेलमा १३७ रनको शानदार जित निकाल्दै सिरिज इंग्ल्याण्डले जितेको हो । १८३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ११.५ ओभरमा अलआउट हुँदै ४५ रन मात्र बनाउन सक्यो । उसका लागि कार्लोस ब्रेथवेट र सिमरन हिटमायरले १०–१० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकसमेत बटुल्न सकेनन् । बलिङमा भ्रमण टोली इंग्ल्याण्डका क्रिस जोर्डनले ४, आदिल रशिद, डेभीड विल्ली र लिम प्लंकटले दुई–दुई विकेट लिए । 


टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनायो । उसका लागि साम बिलिंग्सले ८७, जो रुटले ५५, जोनी बेयरिस्टोले १२ र डेभीड विल्लीले नटआउट १३ रन बनाए । बलिङमा वेस्ट इन्डिजका फ्याबियन एलनले २,  शेल्डोन कोट्रेल, ओबेस्ट क्रिस्टोफर र कार्लोस ब्रेथवेटले एक–एक विकेट लिए । ३ खेलको सिरिजमा वेस्ट इन्डिजले २ ० ले अग्रता बनाएको छ । अब यी दुई टिमबीचको अन्तिम खेल मंगलबार बिहान हुनेछ । 

वेस्ट इन्डिज भर्सेस इग्ल्याण्ड टी–२० सिरिज

विशेष