कस्तो छ तपाइको सुनाई? यी हुन् कान नसुन्ने लक्षण
काठमाडौं । कानबाट पानी अथवा पिप बग्नुलाई सामान्य भाषामा कान बग्नु भनिन्छ। यसलाई हामी अति सामान्य स्वास्थ्य समस्याका रुपमा लिन्छौँ। दुखाई खासै नहुने भएकाले त्यति ध्यान दिँदैनौँ। तर यसले हाम्रो कान सुन्ने क्षमतामा असर पार्दै कानै नसुन्ने समेत बनाउँछ। कान स्वास्थ्य अन्तर्गत सबैभन्दा सामान्य समस्या नै कानबाट पानी बग्नु हो। जालिमा प्वाल परेपछि कानबाट पानी बग्न थाल्छ।
यो समस्या जति पुरानो भयो, त्यति नै कान नसुन्ने समस्या बढ्दै जान्छ। भाइरल संक्रमणमा सामान्य रुघा, खोकी लागेका व्यक्ति बेलुका सुत्दा ठिकै भए पनि बिहान उठ्दा कानै नसुन्ने हुन सक्छन्। यस्तो बेला ४८ देखि ७२ घण्टाभित्र अस्पताल पुग्न सके समस्या कम हुन्छ। यो खबर कान्तिपुर दैनिकबाट लिइएको हो ।
बहिरोपनाको लक्षण
–व्यक्तिको आवाज मधुरो सुनिनु
–अर्को व्यक्तिलाई स्पष्ट सुन्नमा समस्या हुनु
–चर्को स्वरमा रेडियो, टेलिभिजन सुन्नु, हेर्नु
–ढोकाको घण्टी वा टेलिफोनको आबाज सुन्न समस्या हुनु
–केही विशेष प्रकारको शव्द बुझ्न नसक्नु
–सामुन्ने भएकाहरुको कुरा नबुझदा कुराकानी बीचमै छाड्नु
बहिरोपना कान