खेल

पाकिस्तानसँगको सिरिजमा पनि स्मिथ–वार्नर बाहिर, को–को अटाए टिममा?

पाकिस्तानसँगको सिरिजमा पनि स्मिथ–वार्नर बाहिर, को–को अटाए टिममा?

काठमाडौं । पाकिस्तान विरुद्धको एकदिवसीय सिरिजमा अष्ट्रेलिया क्रिकेट टिमका पूर्वकप्तान स्टिव स्मिथ र उप–कप्तान डेविड वार्नरले मौका पाउन असफल भएका छन् । बल टेम्परिङका कारण टिम बाहिर रहेका स्मिथ–वार्नरमाथिको प्रतिबन्ध २८ मार्चमा मात्र सकिने भएकाले उनीहरुले पाकिस्तानसँगको सिरिजमा मौका पाउन असफल भएका हुन् । 

 

स्मिथ–वार्नरमाथिको प्रतिबन्ध २८ मार्च सकिदैछ । पाकिस्तान विरुद्धको पाँच खेलको एकदिवसीय सिरिज यही मार्च २२ देखि शुरु हुँदैछ । अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क पनि टिममा हुने छैनन् । उनी श्रीलंका विरुद्धको खेलमा घाइते भएकाकारण टिममा नअटाएका हुन् । 


अष्ट्रेलिया टिमः आरोन फिंच (कप्तान),ग्लेन म्याक्सवेल उस्मान ख्वाजा, शन मार्स, पीटर ह्यान्सकम्ब, मार्कस स्टोइनिस, एश्टन टर्नर, एलेक्स केरी, प्याट कमिन्स, नाथन कोल्टर नाइल, जय रिचडसन, जोसन बेहनड्रफ, नाथन लायन र एडम जाम्पा 

एकदिवसीय सिरिज पाकिस्तान भर्सेस अष्ट्रेलिया स्मिथ–वार्नर

विशेष