महिलालाई हुन्छ यी पाँच क्यान्सरको उच्च जोखिम
एजेन्सी । क्यान्सर यस्तो बिमार हो जसको नाम सुनेर पनि मानिसहरू तर्सिन्छन्। दुनियाँभरमा क्यान्सरका घटनामा तीव्ररूपमा बढिरहेको छ। नेशनल इन्टिट्युट अफ क्यान्सर प्रिवेन्शन एन्ड रिसर्चका अनुसार लगभग २.२५ मिलियन मानिसहरूमा क्यान्सरको समस्याबाट पीडित रहेका छन्।
रिपोर्टअनुसार भारतमा ७५ वर्षपछि क्यान्सरको जोखिम ९४ प्रतिशतले बढ्छ। यसबाहेक महिलाहरूमा यी पाँच प्रकारका क्यानसको सबैभन्दा धेरै खतरा देखिन्छ। आउनुहोस जानौँ यी पाँच क्यान्सरका बारेमा :
स्तन क्यान्सर : महिलाहरूमा सबैभन्दा धेरै स्तन क्यान्सरको समस्या देखिन्छ। यो क्यान्सर स्तनका कोशिकाहरूमा हुने गर्दछन्। स्तनमा कुनै पनि प्रकारको गाँठोको महसुस भएमा तुरुन्त चिकित्सकीय सल्लाह लिनु पर्दछ। किनकि यो स्तन क्यान्सरको लक्षण पनि हुन सक्छ। यसबाहेक स्तनको टिश्युजमा दुखाइका साथै रातो रङका फोकाहरू दखिने सक्छन्। स्तनको आकारको परिवर्तन पनि यसको लक्षणमा मध्येको एक हो।
सर्वाइकल क्यान्सर : गर्भासयमा अनियमित रूपमा कोशिका वृद्धि हुनुलाई सर्वाइकल क्यान्सर भनिन्छ। धेरैजसो सर्वाइकल क्यान्सर ह्युमन पेपिलोमाभाइरस (HPV)का कारण हुन्छ। एचपिभीका धेरै प्रकारका भाइरस समूह हुन्छन्। जसले गर्भासयको ग्रीवालाई संक्रमण गर्दछन्। ह्युमन पेपिलोमाभाइरस १०० भन्दा धेरै प्रकारका हुन्छन्। यी भाइरस शारीरिक सम्बन्ध बनाउँदा एकबाट अर्कोमा सर्छन्।
लंग क्यान्सर : लंग क्यान्सर महिलाहरूलाई सबैभन्दा पहिला मृत्युको मुखमा पुर्याउने एउटा ठूलो कारण हो। पुरुषभन्दा महिलामा यो क्यान्सर कम उमेरमा हुने सम्भावना प्रवल हुन्छ। लंगमा सबैभन्दा पहिला क्यानसनको सुरुवात हुन्छ भने यसलाई प्राइमरी लंग क्यान्सर भनिन्छ। शरीरको कुनै भागमा क्यान्सर भएपछि फैलिँदै लंगसम्म पुग्नुलाई सेकेन्डरी क्यान्सर भनिन्छ। खोकी, ठाउँको दुखाइ साँस फेर्नमा समस्या खोकीमा रगत देखिनु हनहन्ती ज्वरो आउनु लंग क्यान्सरका प्रारम्भिक लक्षण हुन्।
ग्यास्ट्रिक क्यान्सर : यो क्यान्सरमा पेटक पत्रमा ट्युमर बन्न लाग्छ। सुरुमा यो क्यान्सरको लक्षण देखिँदै। पेटमा देख्नु खाना हजम नहुनु, सुस्त महसुन हुनु, अचानक शरीरको बजन कम हुनु, भोख नलाग्नु, ग्यास्ट्रिक क्यान्सरको लक्षण हुन्। यदि तपाईंलाई यस्ता लक्षण देखिएका छन् भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुहोला।
मुख क्यान्सर : यो मुख वा गलाको टिश्युमा हुने क्यान्सर हो। यसमा ओठ जिब्रोलगायतका क्यान्सर पनि सामिल छन्। सर्ती, चुरोट तथा रक्सी सेवनबाट मुखमा क्यान्सर हुने खतरा अत्याधिक बढी हुन्छ। मुखबाट रगत निस्किनु, दाँत हलिनु, केही खाँदा मुख दुख्नु, गर्नमा गाँठो पर्नु, मुखमा राता फोका देखिनु, अचानक बजन घट्नु यसका लक्षण हुन्।
क्यानसर स्तन क्यानसर