मुख्य समाचार

मध्यपहाडी लोकमार्ग चार वर्ष धकेलियो, ६ महिनाको प्रगति सन्तोषजनक

मध्यपहाडी लोकमार्ग चार वर्ष धकेलियो, ६ महिनाको प्रगति सन्तोषजनक

काठमाडौं । पाँचथरदेखि बैतडीसम्मको मध्यपहाडी लोकमार्गको निर्माण प्रगति चालु आर्थिक वर्षको छ महिनामा सन्तोषजक रहेको सरकारले दावी गरेको छ । 

 

अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा हालै सार्वजनिक बजेटको अर्धबार्षिक समिक्षा प्रतिवेदनमा यस्तो दावी गरिएको हो । मध्यपहाडी लोकमार्गका लागि सरकारले यसवर्ष ५ अर्ब ५५ करोड २ लाख रुपैयाँ छुट्याएको थियो । छ महिनामा यो राजमार्गका लागि छुट्टयाइएको रकममध्ये ७१ दशमलव सात प्रतिशत बजेट खर्च भएको छ । 

 

जसअनुसार २५ किलोमिटर कालोपत्रे, ३० किलोमिटर ग्राभेल, ४६ किलोमिटर ट्रयाक खोल्ने र १४ वटा पुल निर्माण सम्पन्न भएको सरकारले जनाएको छ । 
अघिल्लो आर्थिक वर्षको यहि समयमा २६ दशमवल ८ प्रतिशत मात्रै रकम खर्च भएको थियो । 

 

पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको १ हजार ८ सय ७९ किलोमिटर लामो राजमार्गको निर्माण सरकारले ६४ सालदेखि शुुरु गरेको हो । बढीमा ७५ सालसम्ममा यो राजमार्गको काम सम्पन्न गर्ने लक्ष्य लिइएपनि चार वर्ष पछि धकेलिने निश्चित प्रायः भएको छ । 

 

तोकिएको समयमा काम नसकिएपछि सरकारले कार्यतालिका संशोधन गरेर आर्थिक वर्ष ७८/७९ सम्ममा मध्यपहाडी लोकमार्गको काम सम्पन्न गर्ने उल्लेख गरेको छ । मध्यपहाडी लोकमार्गले सो क्षेत्रका २५ जिल्ला र २१५ वस्ती जोड्छ । 

 

राष्ट्रिय गौरबको आयोजनामा परेको यो लोकमार्गको लागत ८० अर्ब १४ करोड पुग्ने भएको छ । आयोजनाको प्रारम्भिक लागत अनुमान भने ३३ अर्ब ६६ करोड मात्रै थियो । 

विशेष