पञ्जाव भर्सेस मुम्बई, बदला कि हारको निरन्तरता ?
काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपीएल) को २४औं खेलमा आज मुम्बई इन्डियन्स र किंग्स इलेभेन पञ्जाव भिड्दैछन् ।
मुम्बईको वाङ्खेडे रंगशालामा नेपाली समयअनुसार बेलुका सवा ८ बजे सुरु हुने खेलमा जीत निकाल्दै पञ्जाव अङ्क तालिकाको शीर्ष स्थानमा पुग्ने रणनीतिमा हुनेछ भने मुम्बईले तालिकाको दोस्रो स्थानमा आँखा ताक्नेछ । अङ्क तालिकामा पञ्जाव तेस्रो तथा मुम्बई पाँचौ स्थानमा रहेको छ । यसअघि पञ्जावमा भएको खेलमा मुम्बई ८ विकेटले पराजित भएको थियो । उक्त हारको बदला लिने दाउमा मुम्बई हुनेछ भने घरेलु मैदानमा पराजित गर्दै पञ्जाव जनै अब्बल शाबित हुने मुडमा हुनेछ ।
मुम्बईका लागि क्वीन्टन डि कक तथा पञ्जावका लागि क्रिस गेलले पारी महत्वपूर्ण हुने अनुमान गर्न सकिन्छ ।