समाज

अखिल नेताको बाहिरी ‘इलुइलु’ गलत रहेको पत्नीको दावी

अखिल नेताको बाहिरी ‘इलुइलु’ गलत रहेको पत्नीको दावी

काठमाडौं । घरेलु हिंसामा महिलाको योगदान कति हुन्छ भन्ने एउटा घटना फेरि देखिएको छ। पतिले समाजिक र नैतिक मर्यादा कुल्चिएर परस्त्रीसँग सम्बन्ध राख्ने, पत्नीले त्यही कुरालाई ढाकछोप गर्ने। आफूचाहिँ पतिको दबाबमा परेर सहने,पीडित भएर पनि गुम्सिइ बस्ने।

अखिल नेतृ मर्यादा विष्ट आफ्नै सहपाठी लक्ष्मी अवस्थीमाथि सौता लाग्न गएको कुरालाईपति तथा नेकपाका पदेश सदस्य महेश पन्तले फेसबुकमा फोटो हालेर खुलासा गरेका छन्। तर, पत्नी लक्ष्मीको नाममा जनअस्थालाई खण्डन पठाइएको छ 'श्रीमान्‍ले बगाएको रगतको समेत अपमान हुने गरी उहाँलाई लगाइएका आरोपमा कुनै सत्यता छैन।' 

उलने 'राजनीतिमा आफ्नो भविष्य खोजिरहेको र देशका लागि रगत बगाएको व्यक्तिको चरित्रहत्या गर्ने उद्देश्यले हाम्रो प्रगति देख्न नचाहने कुने व्यक्तिले दिएको सूचनालाई समाचार बनाएर प्रकाशित गर्नु कहाँको पत्रकारिता हो' भन्ने प्रश्न गरेकी छन्। उनले समाचारको पुष्टि गर्न पनि चुनौति दिएकी छन्।

तर, समाचारको पुष्टि उनकै पतिको फेसबुक टाइमलाइनले गर्छ जो प्रकाशित भएको छ। र फेरि पनि भन्नैपर्ने हुन्छ सार्वजनिक जिम्मेवारीमा रहेका पतिको बहुविवाह र कान्छीलाई समेत यातना दिने प्रवृत्तिबारे आम जनतासामू ससूचित गर्दा लक्ष्मीमाथि कुनै चोट पर्न गएको भए हामी दुःख प्रकट गर्दछौँ। यो खबर आजको जनआस्था साप्ताहिकबाट लिइएको हो।

अनैतिक सम्बन्ध

विशेष