Technology

लण्डनबाट न्युयोर्कको यात्रा १ घण्टामै

लण्डनबाट न्युयोर्कको यात्रा १ घण्टामै

काठमाडौं । गुणा तीव्र गतिमा उडान भर्दाको समयमा जेट इन्जिन पग्लने अवस्था रोक्ने प्रविधिको सफल परीक्षण गरेपछि हाइपरसोनिक जेटको यात्रा सम्भव हुन भएको छ । 

रियाक्सन इन्जिनका अनुसन्धानकमीहरुले ३.३ म्याक अर्थात प्रतिघण्टा ४ हजार २३ किलोमिटरको गतिमा प्रि कुलरको काम व्यवस्थित गर्न सफल भएका छन् । यसको अर्थ ठुलो अनुपातको हाइपरसोनिक इन्जिनलाई यात्रु जेटमा जडान गर्न सकिन्छ । 

परीक्षण्को नयाँ चरणले ५.५ म्याका अर्थात् ६ हजार ८ सय किलोमिटर प्रतिघण्टाको प्रविधि ल्याउने सोच बनाएको छ । यो गतिको विमानबाट यात्रा गर्दा लण्डनबाट न्युयोर्कको यात्रा गर्नका लागि १ घण्टाभन्दा कमको अवधि लाग्नेछ । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

तीव्र गति विमान

विशेष