खेल

आइपीएलः तेस्रो खेलमा पनि धोनीको चेन्नई विजयी 

आइपीएलः तेस्रो खेलमा पनि धोनीको चेन्नई विजयी 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्स लगातार तेस्रो खेलमा विजयी भएको छ । आइतबार राति राजस्थान रोयल्सलाई ८ रनले हराउँदै चेन्नई लगातार तेस्रो खेलमा पनि विजयी भएको हो । चेन्नईले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि बेन स्टोक्सले ४६, राहुल त्रिपाठीले ३९, स्टेभीन स्मीथले २८, जोफ्रा आर्चरले नटआउट २४ रन बनाउनु बाहेक अन्यको सम्झनलायक प्रदर्शन रहेन । बलिङमा चेन्नईका दीपक चहर, सार्दुल ठाकुर, इमरान ताहिर र डीजे ब्राबोले दुई-दुई विकेट लिए । 


यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रन बनायो । उसका लागि कप्तान धोनीले ४६ बलमा नट आउट ७५, सुरेश रैनाले ३६, डीजे ब्राबोले २७ रन बनाए । बलिङमा राजस्थानका जोफ्रा आर्चरले २, धवल कुलकर्णी, बेन स्टोक्स र जयदेव उनदकटले एक-एक विकेट लिए । यो जितसँगै चेन्नईले तालिकामा तीन खेलबाट ६ अंक बनाउँद्यै शीर्ष स्थानमा उक्लिएको छ । राजस्थान भने तीन खेल सकिँदा जितविहीन छ ।

इन्डियन प्रिमियर लिग चेन्नई सुपर किंग्स भर्सेस राजस्थान रोयल्स

विशेष