समाज

आज मेघ गर्जनसहित वर्षा हुने

आज मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपराह्नपछि देशका केही स्थानहरूमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ ।

महाशाखाले निकाले तीनदिने बुलेटिनमा राति देशको पूर्वी र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भु–भागमा आंशिक बदली रहने उल्लेख छ । देशको पूर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो मौसम बदली रहनुका साथै एक दुई स्थानमा पानी पर्ने छ भने राती देशको पहाडी भू-भागको मौसममा आंशिक बदली रही बांकी भू‍-भागको मौसम सामन्यतया सफा रहने महाशाखाले जनाएको छ ।

शनिबार पूर्वी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ भने पूर्वी तथा मध्य भू-भागका केही स्थानमा र पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।

मौसम

विशेष