मनोरञ्जन

सलमान खान मनका धनी, धनका महाधनी

सलमान खान मनका धनी, धनका महाधनी

सलमान खान केबल नामका मात्रै सुल्तान होइनन् उनी वास्तविक जिन्दगीमा पनि सुल्तान हुन्। अहिले उनको सम्पत्तिका कुरा गर्दा तपाईंले आफूलाई अत्यान्तै गरिब महसुस गर्नुहुने छ। यदि तपाईंहरू सल्लु भाइको सम्पत्ति कति छ भनेर थाहा पाउन चाहनुहुन्छ भने यो हो लिस्ट:

मुम्बइमा पारिवारिक प्राइभेवी नमिल्ने भएर उनले एउटै घर किनेका छन्। उनले ५१ औँ जन्मदिनमा बिच साइडमा ५ BHL घर खरिद गरेका छन्। करिब १०० एकडमा फैलिएको उक्त घर जिम स्विमिङपुल प्ले एरिया थिएटरलगायत अत्याधुनिक सुविधा सम्पन्न छ। यसको मूल्य १०० करोड भारु बताइएको छ।

त्यस्तै सलमानको पनवेल फार्म हाउसलाई पनि बिर्सन सकिँदैन। सल्लु भाइले कैयौँ पार्टीहरू यहाँ गर्ने गर्छन्। १५० एकडमा फैलिएको यो फार्म हाउसको मूल्य ८० करोड भारु पर्ने बताइन्छ। यो फार्म हाउस पनि अत्याधुनिक सेवा सुविधाले सम्पन्न रहेको छ।

खान परियार धेरै जसो त ग्यालेक्सी अपार्टमेन्टमा रहन्छन्। उनीहरूले ११ तले बिल्डिङमा पनि लगानी गरेका छन्। उक्त बिल्डिङ अहिले निर्माणको क्रममा रहेको छ। समाचारमा बनाइएअनुसार बिल्डिङको पूरा काम सकिएलगत्तै सपरिवार सलमान त्यही सिफ्ट हुने योजनामा छन्।

सलमान सावरी साधनका सोखिन हुन्। उनसँग करिब ८० करोडको Marcedes Benz GL Class,  करिब ८२ करोडको Marcedes Benz S Class, १.१३ करोडको Audi A8 L, करिब १.१५ करोडको BMW X6, करिब १.२९ करोडको Toyota Land Cruiser, करिब १.४ करोड Audi RS7, करिब २.०६ करोडको Range Rover, करिब २.३१ करोड Audi R8, करिब २.३२ करोडको A Lexus LS470 गाडी रहेका छन्।

गाडीबाहेक सलमानसँग १६ लाख रुपैयाँ मूल्य बराबर हायाबुसा बाइक पनि छ। यसबाहेक १५ लाखको R1 यामाहा, १६ लाखको सुजुक GSX-R1000z  र १६ लाख भारतीय रुपैयाँ पर्ने नै सुजुकी इन्ट्रयुडस M1800 RZ पनि रहेको छ।

प्रया साइकल चउँदा गरेको देखिने सलमानसँग ४ लाख भारुको Giant Propel 2014 XTC साइकल पनि छ। यसबाहेक सलमानसँग एउटा व्यक्तिगत याँट पनि छ। यसको मूल्य ३ करोड भारतीय रुपैयाँ पर्ने बताइन्छ।

त्यस्तै, उनको परोपकारी संस्था विइङ हुमन पनि छ । यसको मूल्य २३५ करोड रहेको बताइन्छ। सलमानले आफ्नै प्रोडक्शन हाउन पनि खोलेका छन्। जसका माध्यमबाट उनले थुप्रै राम्रा फिल्म पनि दिइ सकेका छन्।

सलमान खान

विशेष