कभर स्टोरी

मेयर–माफिया–व्यापारी मिल्छन्, सम्पदा मास्न तम्सिहाल्छन् (भिडियोसहित)

मेयर–माफिया–व्यापारी मिल्छन्, सम्पदा मास्न तम्सिहाल्छन् (भिडियोसहित)

काठमाडौं । गणपतिलाल श्रेष्ठ, सम्पदा बचाउ अभियान संघर्ष समितिका अध्यक्ष हुन् । काठमाडौंका मूर्त र अमूर्त सम्पदा मासिने क्रममा देखेपछि युवाहरु समेटेर गणपतिले समिति बनाएका छन् । यो समितिले अहिलेसम्म धेरै सम्पदाका मामिलामा महत्वपूर्ण काम गरिसकेको छ । काठमाडौं महानगरपालिकाले रानीपोखरी मासेर स्विमिङ पोखरी बनाउन खोज्दा गणपतिकै समूह अगाडि आयो । पशुपतिनाथमा कंक्रिटका संरचना बनाउनबाट रोक्नमा पनि यो समूहको भूमिका महत्वपूर्ण छ । 

 

हनुमान ढोका क्षेत्रलाई ओझेलमा पार्ने गरी निर्माणाधीन महर्जन कम्प्लेक्ससँगको लडाई जारी छ । बौद्धनात स्तुपमा पनि यो समूहले विभिन्न सकारात्मक कार्यहरु गरेको छ । 

 

महर्जन कम्प्लेक्सका सम्बन्धमा हालै सर्वोच्च अदालतले फैसला दिएको छ । सर्वोच्चले ३५ फिट भन्दा बढी उचाईंको भवन बनाउन नमिल्ने ठहर गरेको छ । मापदण्डमिचेर विभिन्न काम त कम्प्लेक्सले गरिसकेको छ । अध्यक्ष श्रेष्ठको दावीअनुसार त काठमाडौं महानगरपालिकाले यो मामिलामा पहलकदमी लिएको छैन । उल्टो सम्पदा मास्ने मामिलामा मेयर विद्या सुन्दर शाक्य नै एक नम्बर अगाडि बसे । बागदरबारलाई पनि हरि भवन भनेर मेयर शाक्यले भत्काउन खोजेका थिए । पुरातात्विक महत्वको भवन भत्काउने र करोडौं खर्चेर नयाँ भवन बनाउन उनको जोडबल थियो । तर त्यसमा पनि सर्वोच्च अदालतले रोक लगाइदियो । 

">

भोगाधिकार मात्रै महानगरपालिकासँग रहेको बागदरबारको मामिलामा मेयर शाक्य भत्काएर नयाँ बनाउन तम्सेका थिए । तर अदालतले भनिदियो, ‘यो भवन महानगरपालिकाको होइन । अर्काको भवन भत्काउने, नयाँ बनाउछु भन्न मिल्दैन ।’ 

 

त्यसै पनि विद्यासुन्दर शाक्यलाई सम्पदा मास्ने मेयरका रुपमा बुझन थालिएको छ । त्यसमाथि एकपछि अर्को गर्दै अदालतले आदेश दिएका भरमा काठमाडौंका सम्पदा जोगिएका छन् । 
 

विशेष