खेल

जब "क्याप्टेन कुल" धोनी उग्र भए...

जब "क्याप्टेन कुल" धोनी उग्र भए...

काठमाण्डौं। चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीलाई गएराति भएको राजस्थान रोयल्सविरुद्धको खेलको ५० प्रतिशत म्याच फी जरिवाना तिराइएको छ ।

खेल जारी रहदा मैदानभित्र प्रवेश गरेर अम्पायएरसँग उग्र रुपमा व्यवहार गरेपछि धोनीलाई आचार संहिताको उल्लङ्घन गरेको आरोपमा जरिवाना भएको हो । राजस्थानविरुद्ध अन्तिम ओभरमा रोमाञ्जक खेल जारी रहदा "नो बल" को विवादका कारण उनी मैदान प्रवेश गरेका थिए ।

१ सय ५२ रनको लक्ष्य पछ्याइरहेको चेन्नईलाई ३ बलमा ८ रनको आवश्यकता थियो । क्रिजमा थिए मिचेल स्यान्टनर र रविन्द्र जडेजा । स्ट्राइकमा स्यान्टनर अनि बलिङमा बेन स्टोक्स । स्टोक्सले बल फाले अनि उचाइका आधारमा अम्पायरले नो बलको इशारा गरे । एकछिन थर्ड अम्पायरसँगको संवादपछि अम्पायरले निर्णय सच्याउदै सहि बल भएको बताए लगत्तै धोनी उग्र भए । पहिला मैदानबाहिरै रिसाएको व्यवहार देखाएका उनी एकछिन पछि मैदानमा प्रवेश गरे ।

ब्याटिङ टोलीका कप्तान अम्पायरसँग छलफल गर्न मैदानमै पुग्नु यो पहिलो घटना भएको क्रिकेटका जानकारहरु बताउछन् । आफ्नो नरम स्वभावका कारण "क्याप्टेन कुल" को उपमा पाएका धोनी यसरी उग्र भएको यो सम्भवत पहिलो घटना हो । उक्त खेल अन्तिम बलमा चेन्नइले जितेको थियो । खेलका म्यान अफ दि म्याच धोनी नै भएका थिए ।

विशेष